पोखरा । संघीय मामिला मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा कास्कीको रुपा गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाका गाउँपालिकाहरूमध्ये शीर्ष स्थान हासिल गर्न सफल भएको छ।
कुल ८७.०० अंक प्राप्त गर्दै रुपाले सेवा प्रवाह, वित्तीय व्यवस्थापन र शासकीय प्रबन्ध जस्ता महत्वपूर्ण सूचकहरूमा आफूलाई अब्बल साबित गरेको हो। आयोगले सार्वजनिक गरेको तथ्यांकले रुपा गाउँपालिकाले नागरिकलाई प्रदान गर्ने सेवाको गुणस्तर र प्रभावकारितामा विशेष ध्यान दिएको देखाउँछ।
कार्यसम्पादन मूल्यांकनको अंकलाई संघीय सरकारले स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको रकम निर्धारण गर्ने एउटा मुख्य आधार मानिन्छ। उत्कृष्ट कार्यसम्पादन गर्ने पालिकाले बढी अनुदान प्राप्त गर्ने भएकाले रुपा गाउँपालिकाको यो सफलताले आगामी आर्थिक वर्षमा थप स्रोत प्राप्त गर्नसमेत मद्दत पुग्नेछ।
रुपा गाउँपालिकाको यो नतिजाले सीमित स्रोतसाधनका बाबजुद पनि कुशल नेतृत्व, स्पष्ट कार्यदिशा र प्रभावकारी कार्यान्वयन भएमा नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको अध्यक्ष नवराज ओझाले बताएका छन् । रूपा गाउँपालिका ८७.००, मादी गाउँपालिका ८१.००, अन्नपूर्ण गाउँपालिका ८६.०५, माछापुच्छ्रे गाउँपालिका ८३.०० अंक प्राप्त गरेका छन् ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको नतिजामा कास्की जिल्लाका पाँच स्थानीय तहमध्ये अन्नपूर्ण गाउँपालिका पहिलो भएको छ।
पालिका आफैले गरेर पठाउने मूल्यांकन पद्दति लिजा हो । त्यसका आधारमा मन्त्रालयले परीक्षण पश्चात मूल्यांकन अंक कायम गर्छ । त्यसअनुसार रुपा पहिलो देखिएको हो ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो