राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झा र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।
मंगलबार बिहान पूर्वराष्ट्रपति निवास भंगालमा उनीहरूबीच भेटवार्ता भएको हो।
भेटमा पूर्वराष्ट्रपति भण्डारीले रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि कारागारमा राखिएकोमा आफू सन्तुष्ट नरहेको बताएकी थिइन्।
सहकारी बचत रकम अपचलन मुद्दामा सुरूमा रूपन्देही कारागारमा राखिएका रविलाई हालै नख्खु कारागार ल्याइएको छ।
‘रविजीमाथि जे भइरहेको छ, त्यसमा म सन्तुष्ट छैन, उहाँप्रति मेरो सद्भाव छ,’ पूर्वराष्ट्रपति भण्डारीले प्रवक्ता झासँगको कुराकानीमा भनिन्।
साथै पूर्वराष्ट्रपति भण्डारीले सहकारीका बचतकर्ताहरूको बचत सरकारले फिर्ता गर्न सुरू नगरेको पनि बताइन्।
‘सहकारीको विषयलाई राजनीतिक मुद्दामात्रै बनाइयो, बचतकर्ताहरूको बचत सरकारले फिर्ता गरेको छैन,’ उनले भनिन्, ‘चाडपर्वको मुख छ, बचतकर्ताहरूले आफ्नो बचत फिर्ता पाउनुपर्ने हो नि!’
उनले राजनीतिमा युवा पुस्ता नयाँ विचारसहित आएको भन्दै प्रशंसासमेत गरेकी थिइन्। भण्डारीसँगको भेटमा आफूले एमालेको पार्टी सदस्यताबारे पनि चासो राखेको प्रवक्ता झाले बताए।
‘उहाँले केपी ओलीसँग केही समयअघि ऋषि धमलाले बालकोटमा लिएको अन्तर्वार्ता र त्यहाँ उल्लेख गरिएका विषयका सन्दर्भबारे कुरा राख्नुभयो, आफ्नो सदस्यता एमालेले रोक्नुपर्ने कुनै कारण नरहेको र विगतमा केपी ओलीले नै पार्टीमा फर्कन कुनै समस्या नरहेको अभिव्यक्ति दिएको कुरा उहाँको थियो,’ प्रवक्ता झाले सेतोपाटीसँग भने।
एमालेको गत साउनमा बसेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक लगाएको थियो। तर भण्डारीले राजनीतिक गतिविधिहरू गर्दै आएकी छन्।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह