यातायात व्यवस्था विभागले भन्यो– असोज १ देखि इम्बोस्ड नम्बर प्लेट जडान नगरेपनि दण्डित गरिँदैन

यातायात व्यवस्था विभागले भन्यो– असोज १ देखि इम्बोस्ड नम्बर प्लेट जडान नगरेपनि दण्डित गरिँदैन

yatayat_byabastha_bivag

काठमाडौँ । यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगरेका सवारी साधनलाई तत्काल कुनै दण्ड/जरिवाना नगरिने स्पष्ट पारेको छ ।

विभागले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सवारी धनीहरूलाई आफूलाई अनुकूल भएको समयमा स्वःस्फूर्त रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न भनेको छ ।

इम्बोस्ड नम्बर प्लेटको विरोध भइरहेको बेला विभागले बरु सरकारको ‘डिजिटलाइजेसन’ कार्यमा सहयोग गर्न अनुरोध गरेको छ ।

यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको बैठकले २०८१ असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार विभागले भदौ ३ गते सार्वजनिक सूचना जारी गरेपछि विभिन्न क्षेत्रबाट गुनासो र चासो व्यक्त भएको थियो ।

विभागले इम्बोस्ड नम्बर प्लेटको गुणस्तर र डाटा सुरक्षाबारे फैलिएका हल्लाहरू गलत र भ्रामक भएको दाबी गरेको छ। प्लेटको गुणस्तर तोकिएअनुसार नै सुनिश्चित गरिएको र सवारी साधनको सम्पूर्ण विवरण तथा तथ्याङ्क नेपालभित्रै (यातायात व्यवस्था विभागको परिसरमा) सुरक्षित रहने गरी सर्भरको व्यवस्थापन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा इम्बोस्ड प्लेटमा प्रयोग हुने अंग्रेजी भाषाबारे सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७६ मङ्सिर २७ गते नै सम्झौताअनुसार अंग्रेजी लिपि प्रयोगमा कुनै संवैधानिक र कानुनी त्रुटि नदेखिएको फैसला गरेको स्मरण गराइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ