काठमाडौँ । यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगरेका सवारी साधनलाई तत्काल कुनै दण्ड/जरिवाना नगरिने स्पष्ट पारेको छ ।
विभागले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सवारी धनीहरूलाई आफूलाई अनुकूल भएको समयमा स्वःस्फूर्त रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न भनेको छ ।
इम्बोस्ड नम्बर प्लेटको विरोध भइरहेको बेला विभागले बरु सरकारको ‘डिजिटलाइजेसन’ कार्यमा सहयोग गर्न अनुरोध गरेको छ ।
यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको बैठकले २०८१ असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार विभागले भदौ ३ गते सार्वजनिक सूचना जारी गरेपछि विभिन्न क्षेत्रबाट गुनासो र चासो व्यक्त भएको थियो ।
विभागले इम्बोस्ड नम्बर प्लेटको गुणस्तर र डाटा सुरक्षाबारे फैलिएका हल्लाहरू गलत र भ्रामक भएको दाबी गरेको छ। प्लेटको गुणस्तर तोकिएअनुसार नै सुनिश्चित गरिएको र सवारी साधनको सम्पूर्ण विवरण तथा तथ्याङ्क नेपालभित्रै (यातायात व्यवस्था विभागको परिसरमा) सुरक्षित रहने गरी सर्भरको व्यवस्थापन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा इम्बोस्ड प्लेटमा प्रयोग हुने अंग्रेजी भाषाबारे सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७६ मङ्सिर २७ गते नै सम्झौताअनुसार अंग्रेजी लिपि प्रयोगमा कुनै संवैधानिक र कानुनी त्रुटि नदेखिएको फैसला गरेको स्मरण गराइएको छ ।
सम्बन्धित खबर
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
सर्वोच्चमा रवि लामिछानेसम्बन्धी मुद्दा पुनः ‘हेर्दाहेर्दै’मा, मंगलबार फेरि सुनुवाइ हुने
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
कस्टमर ग्रुप नेपालद्वारा पाल्पाको विद्यालयलाई सहयोग
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु