दीपक पराजुलीको नेतृत्वमा र्‍यान्डम रिडर्स सोसाइटी

नयाँ नेतृत्व

दीपक पराजुलीको नेतृत्वमा र्‍यान्डम रिडर्स सोसाइटी

random news 1

पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीको अध्यक्षमा दीपक पराजुली चयन भएका छन् ।

सोसाइटीको शनिबार पोखरामा सम्पन्न ७ औँ अधिवेशन तथा १५ औँ साधारणसभाले १२ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्याक्षमा नेपालप्रकाश अधिकारी र गौरी तमू, सचिवमा ध्रुव केसी, कोषाध्यक्षमा भरत कोइराला र सहसचिवमा बाबुराम सुवेदी चयन भएका छन् । त्यसै गरी सदस्यहरूमा हसिना बस्नेत, खिम लामिछाने ‘काजी’, विष्णु सुवेदी, रामजीप्रसाद आचार्य, निकिता भट्टराई र शङ्करमणि त्रिपाठी (छन्दमणि) सर्वसम्मत चयन भएका छन् ।

केशवशरण लामिछानेको संयोजकत्वमा गनेस पौडेल र रामजी पौडेल सदस्य रहेको निर्वाचन मण्डलले उक्त प्रक्रिया सम्पन्न गरेको थियो । नवनिर्वाचित कार्यसमितिलाई पूर्व अध्यक्ष उपेन्द्र पौडेलले शुभकामना दिएका थिए ।

यसअघि सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा पूर्व अध्यक्ष गनेस पौडेलले पठन संस्कृतिको विकासका लागि सोसाइटीले पु¥याएको योगदानको चर्चा गरे । कार्यक्रममा पुस्तक छनोट समितिका पूर्व संयोजक कृष्ण केसी, पुतली बजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह ‘बाबा’ लगायतले शुभकामना दिएका थिए ।

साधारण सभाले सचिव नेपालप्रकाश अधिकारीद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष ध्रुव केसीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको थियो ।

पठन संस्कृतिको विकासमा लागिपरेको सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds