लक्ष्मी ग्रुप प्रालिद्वारा स्थापित तथा पोखरा उद्योग वाणिज्य संघद्वारा संचालित लक्ष्मी विद्या पदक शनिवार वितरण गरिएको छ ।
पोखरा उद्योग वाणिज्य संघको ७१ औँ साधारणसभाको उद्घाटन सत्रमा एक विशेष समारोहका बीच पदक वितरण गरिएको हो । कास्की जिल्लामा स्थापित विभिन्न क्याम्पसहरुबाट ब्यवस्थापन संकाय अन्तरगत स्नाताकोत्तर तह एमबीएस तथा स्नातक तह अन्तरगत बीबीए र बीबीएसमा उत्कृष्ट अंक हासिल गरेर उत्तिर्ण हुने विद्यार्थीहरुलाई सो पदक प्रदान गरिंदै आएको छ ।
यस पटक लक्ष्मी विद्यापदक – २०८१ बाट व्यवस्थापन संकाय अन्तरगत स्नाताकोत्तर तह एमबीएसमा पृथ्वी नारायण क्याम्पसकी दिपा तिवारी, स्नातक बीबीएतर्फ ला ग्राण्डी ईनटरनेशनल कलेजकी प्रमिशा सापकोटा एवम् स्नातक बीबीएस तर्फ पृथ्वी नारायाण क्याम्पसका विजय सुवेदी सम्मानित भएका छन् ।
सम्मानित विद्यार्थी हरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महा संघका वरिष्ठ उपाध्यक्ष एवम् लक्ष्मी ग्रुप प्रा.लि.का कार्यकारी निर्देशक अन्जन श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की एवम् लक्ष्मी ग्रुपका अर्का कार्यकारी निर्देशक सुनिल श्रेष्ठले माला, दोसल्ला, ताम्रपत्र, विद्यापदक एवम नगद पुरस्कार जनही स्नातकोत्तरलाई २५ हजार तथा स्नातकलाई १५ हजारका दरले सम्मान गरे ।
कार्यक्रममा सम्मानितहरुको तर्फबाट बोल्दै सम्मानित विद्यार्थी दीपा तीवारीले यस किसिमको सम्मानले जिवन मा अघि बढ्न थप हौसला एवम् उर्जा मिलेको बताएका थिए । मन्तब्यकै क्रममा उनले विद्या पदकको स्थापना गर्ने लक्ष्मी ग्रुप, संचालन गर्ने पोखरा उद्योग वाणिज्य संघ तथा आफ्ना अध्यापक गुरुहरुलाई विशेष धन्यवाद दिएका थिए ।
लक्ष्मी विद्या पदकबाट हाल सम्म ७३ जना विद्यार्थीहरु सम्मानित भइ सकेकोछ । २०५५ पुस २० गते पोखरा महानगरको दोश्रो नगर परिषदको उद्घाटन समारोहमा समाजसेवा, साहित्य, शिक्षा,संगीत, पत्रकारिता,उद्योग, पर्यटन, खेलकुदको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ९ जनालाई पोखरेली नवरत्नका रुपमा सम्मान गरिएको थियो ।
सोहि सम्मान पाएका लक्ष्मी हाउसका बुद्घि बहादुर श्रेष्ठले सम्मानमा पाएको १० हजार रुपैयामा लक्ष्मी हाउसको तर्फबाट २ लाख १ हजार १सय ११ रुपैया थपि अक्षयकोषको स्थापना गरी लक्ष्मी विद्या पदकको सुरुवात गरेका थिए । त्यसपछि विद्या पदक वितरण नियमित रहेको लक्ष्मी हाउसले जनाएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो