अफगानिस्तानम ६ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प जाँदा ८०० जनाको मृत्यु भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
अफगानिस्तानको नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रबिन्दु बनाएर आइतबार राति ११:४७ बजे ६ म्याग्नेच्युडको भूकम्प गएको थियो।
तालिबान सरकारले पहिलो पटक सार्वजनिक गरेको विवरण अनुसार भूकम्पमा परी ८०० जनाको मृत्यु भएको अमेरिकी अनलाइन एनबिसीन्युजले जनाएको छ।
त्यस्तै, २५०० भन्दा बढी घाइते भएको पनि समाचार उल्लेख छ।
भूकम्पले ग्रामीण इलाकामा क्षति पुर्याएकाले विवरण पनि ढिला प्राप्त भएको भनेर तालिबानलाई उद्धत गरेर एनबिसीले लेखेको छ।
भूकम्पले धेरै प्रभाव पारेको क्षेत्रमा उद्धारका लागि सडकबाट जाने अवस्था नरहेको भनेर तालिबान सरकारले अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेका छन्।
राति ६ म्याग्नेच्यूडको भूकम्पपछि लगत्तै आएको ५ म्याग्नेच्यूडभन्दा बढी तीव्रताको पराकम्पनले थप क्षति पुर्याएको बताइएको छ।
त्यसपछि पनि चार साढे ४ म्याग्नेच्यूडभन्दा बढी तीव्रताका कैयौं पराकम्पन महसुस भएको थियो।
भूकम्पको पहिलो झट्काले अफगानिस्तान र पाकिस्तानको पूर्वी सिमानामा केन्द्रबिन्दु बनाएको भए पनि यसको २ सय किलोमिटरको दुरीमा रहेको काबुल र ४०० किलोमिटर दुरीमा रहेको इस्लामावादसम्म हल्लाएको थियो।
यसअघि सन् २०२२ मा पूर्वी अफगानिस्तानमा ५.९ म्याग्नेच्युडको भूकम्प जाँदा एक हजार जनाको मृत्यु भएको थियो।
सम्बन्धित खबर
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने
स्याङ्जा सहयोग समाजको छैठौं विश्व सम्मेलन: मीनबहादुर क्षेत्री अध्यक्षमा चयन
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’