फोनमा ठूलो स्वरमा बोल्न, राति वा बिहान सबेरै कुकरमा सिटी लगाउनेलाई जरिवाना, ३ लाखसम्म जरिवाना

जरिवाना

फोनमा ठूलो स्वरमा बोल्न, राति वा बिहान सबेरै कुकरमा सिटी लगाउनेलाई जरिवाना, ३ लाखसम्म जरिवाना

kathmandu police

नेपाल प्रहरीले छिमेकीलाई ‘डिस्टर्ब’ हुने गरी ठूलो स्वरमा नबोल्न तथा अनावश्यक ध्वनि प्रदूषण नगर्न अपिल गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रनीपोखरीले ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ घोषणा गर्दै यस्तो अपिल गरेको हो ।

एकाबिहानै र राति अबेर प्रेसर कुकरको सिट्ठी नबजाउन, ठूलो आवाज निस्किने गरी मोटरसाइकल स्टार्ट नगर्न, बिहानको नित्यकर्म गर्ने बेला अनावश्यक नखोक्न/नखकार्न पनि प्रहरीले अपिल गरेको हो ।

ध्वनि प्रदूषणले गर्भवती महिला, वृद्धवृद्धा, बालबालिका, विद्यार्थी, बिरामी तथा मानसिक स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले छिमेकीलाई असुविधा हुने गतिविधि नगर्न आग्रह गरिएको प्रहरीले जनाएको छ ।

फोनमा ठूलो स्वरमा नबोल्न, टेलिभिजन वा म्युजिक सिस्टम खोलेर नसुत्न, भान्सामा भाँडाकुँडा नबजाउन, राति गेट वा घन्टी बजाउनुको साटो फोनको प्रयोग गर्न पनि प्रहरीले अपिल गरेको छ ।

साथै, मोटरसाइकल स्टार्ट गर्न छिमेकीलाई डिस्टर्ब हुने भए पर लगेर मात्र स्टार्ट गर्न र घरबाहिर फोहोर नफाल्न पनि प्रहरीले अपिल गरेको छ ।

छिमेकमा यस्ता गतिविधि भए १०० वा १०३ मा फोन गर्न पनि प्रहरीले आग्रह गरेको छ । माथि उल्लेखित कुनै पनि गतिविधि गरेर टोल छिमेकलाई डिस्टर्ब गरेमा ३ लाखसम्म जरिवाना हुन सक्नेतर्फ पनि प्रहरीले सचेत गराएको छ ।

हेर्नुहोस्, प्रहरीको अपिल :​

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ