नेपाल प्रहरीले छिमेकीलाई ‘डिस्टर्ब’ हुने गरी ठूलो स्वरमा नबोल्न तथा अनावश्यक ध्वनि प्रदूषण नगर्न अपिल गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रनीपोखरीले ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ घोषणा गर्दै यस्तो अपिल गरेको हो ।
एकाबिहानै र राति अबेर प्रेसर कुकरको सिट्ठी नबजाउन, ठूलो आवाज निस्किने गरी मोटरसाइकल स्टार्ट नगर्न, बिहानको नित्यकर्म गर्ने बेला अनावश्यक नखोक्न/नखकार्न पनि प्रहरीले अपिल गरेको हो ।
ध्वनि प्रदूषणले गर्भवती महिला, वृद्धवृद्धा, बालबालिका, विद्यार्थी, बिरामी तथा मानसिक स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले छिमेकीलाई असुविधा हुने गतिविधि नगर्न आग्रह गरिएको प्रहरीले जनाएको छ ।
फोनमा ठूलो स्वरमा नबोल्न, टेलिभिजन वा म्युजिक सिस्टम खोलेर नसुत्न, भान्सामा भाँडाकुँडा नबजाउन, राति गेट वा घन्टी बजाउनुको साटो फोनको प्रयोग गर्न पनि प्रहरीले अपिल गरेको छ ।
साथै, मोटरसाइकल स्टार्ट गर्न छिमेकीलाई डिस्टर्ब हुने भए पर लगेर मात्र स्टार्ट गर्न र घरबाहिर फोहोर नफाल्न पनि प्रहरीले अपिल गरेको छ ।
छिमेकमा यस्ता गतिविधि भए १०० वा १०३ मा फोन गर्न पनि प्रहरीले आग्रह गरेको छ । माथि उल्लेखित कुनै पनि गतिविधि गरेर टोल छिमेकलाई डिस्टर्ब गरेमा ३ लाखसम्म जरिवाना हुन सक्नेतर्फ पनि प्रहरीले सचेत गराएको छ ।
हेर्नुहोस्, प्रहरीको अपिल :

सम्बन्धित खबर
बुबाको हत्या आरोपमा छोरालाई कारागार
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर