सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जाल प्लाटफर्म क्रमैसँग बन्द गरिन थालेका छन् । इन्टरनेट सेवा प्रदायकहरूले बिहीबार रातिदेखि त्यस्ता प्लाटफर्मका वेब ठेगाना (यूआरएल) ब्लक गर्न थालेका हुन् ।
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको २ दिनपछि नेपालमा युट्युब पनि बन्द भएको छ । इन्टरनेट सेवा प्रदायक संघ (आईएपान)ले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन मान्दै नेपालमा युट्युब बन्द गरेको हो।
युट्युब बन्द भएसँगै भिडियो देखिन छाडेका छन् । आईएसपानका अध्यक्ष सुधीर पराजुलीका अनुसार युट्युबका सबै आइपी एड्रेसहरू खोज्दै बन्द गर्ने प्रक्रिया सुरू भइसकेको छ ।
उनका अनुसार अहिले वेब ब्राउजरमा युट्युबका आईपी एड्रेसहरू बन्द गरिएका छन् भने मोबाइलमा चलिरहेको छ । हिजो फेसबुक, एक्स, इन्स्टाग्राम वेब पेजमाबन्द भएका छन् भने आज बिहानदेखि वेब ब्राउजरमा युट्युब पनि बन्द छ भने मोबाइलमा बन्द हुने क्रममा छन्।
सूचीकृत नभएका सामाजिक सञ्जाल प्लाटफर्म बन्द गर्ने सरकारी निर्णयपछि एक्स (ट्वीटर) ले नेपालमा दर्ता हुन चाहेको भन्दै इमेल पठाएको छ ।
एक्सले शुक्रबार नै मन्त्रालयलाई आधिकारिक इमेल लेखेर सूचीकरण प्रकियाबारे सोधेको हो । ‘एक्सले जिज्ञासा राखे पनि नेपालमा दर्ताका लागि कुनै आधिकारिक निवेदन भने दिएको छैन,’ सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले भने ।
मेटाले भने सामाजिक सञ्जाल दर्ता प्रक्रियालगायत विषयमा बिहीबार नै मन्त्रालयका अधिकारीसँग अनौपचारिक जिज्ञासा राखेको तर आधिकारिक निवेदन नआएको एक अधिकारीले बताए ।
सरकारले मंसिर २०८० मा सामाजिक सञ्जाल निर्देशिका जारी गरेयता प्लाटफर्मलाई सूचीकृत हुन अनुरोध गर्दै पाँच पटक सूचना निकालेको थियो । पछिल्लो पटक तोकिएको ७ दिनको समयसीमा बुधबार सकिएपछि भने सरकार सूचीकृत नभएका प्लाटफर्म बन्द गर्न अग्रसर भएको हो ।
सरकारले सामाजिक सञ्जालमा रोक लगाउने निर्णय कार्यान्वयन प्रक्रिया अगाडि बढाएपछि त्यसविरुद्ध केही कानुन व्यवसायी र अधिकारकर्मी शुक्रबार नै रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । सर्वोच्चका सूचना अधिकारी नीराजन पाण्डेले ती रिट दर्तालगायत प्रक्रियाबारे आइतबार निर्णय हुने बताए ।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह