पोखरामा अनिश्चितकालीन कर्फ्यु

प्रदर्शन

पोखरामा अनिश्चितकालीन कर्फ्यु

बुटवल र भैरहवामा पनि कर्फ्यू आदेश

dao kaski

जेनजी आन्दोलन उग्र बनेपछि पोखरामा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ। कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अर्को आदेश जारी नभएसम्म आज दिउँसो २ बजेबाट कर्फ्यु जारी गरेका हुन्।

‘पोखरा महानगरपालिकामा हुनसक्ने प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी मिति २०८२/०५/२३ गते दिनको २:०० बजे देखि अर्को आदेश नभएसम्मको लागि पोखरा महानगरपालिकाको तपसिल बमोजिमको चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ (संसोधन सहित) को दफा ६ को उपदफा (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ,’ जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ (पाँच) जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम नगर्न आदेश गरिएको छ। पोखराको शहिदचोक पूर्वतर्फ वाई चोक, उत्तर-पूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ राष्ट्रबैंक चोक रहेको प्रशासनले जनाएको छ।

बुटवल र भैरहवामा पनि कर्फ्यू आदेश

बुटवल र भैहरवामा पनि कर्फ्यू लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार दिनको ४ बजेदेखि आज राति १० बजेसम्म बुटवल र भैरहवाका विभिन्न क्षेत्रमा कफ्यु आदेश जारी गरेको हो।

आदेशमा पाँच जना भन्दा बढी भेला हुन धर्ना, घेराउ, जुलुस प्रदर्शन गर्न निषेध गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ