देशभर भदौ २३ र २४ गते जेन-जेड आन्दोलनका क्रममा भएको ठूलो संख्यामा हताहतीको घटनाले स्याङ्जाका स्थानीय तहहरूलाई समेत मर्माहत बनाएको छ । यही कारण स्याङ्जाका छ पालिकाले बुधबारदेखि अनिश्चितकालीन बिदा दिएका छन् ।
बिदाको घोषणा गर्नेमा गल्याङ, भीरकोट र वालिङ नगरपालिका साथै हरिनास, बिरुवा र कालीगण्डकी गाउँपालिका रहेका छन् । पालिकाहरूले विज्ञप्ति जारी गर्दै वडा कार्यालयदेखि शैक्षिक संस्था र सम्पूर्ण संघ–संस्था अर्को सूचना नआएसम्मका लागि बन्द रहने जनाएका छन् ।
विज्ञप्तिमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै वर्तमान विषम परिस्थितिलाई शान्तिपूर्ण र संयमतापूर्वक समाधान गर्न सबैलाई अपिल गरिएको छ ।
यसैबीच, जेन-जेडले स्याङ्जामा प्रदर्शन गरे पनि ठूलो अप्रिय घटना भने नभएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार मंगलबार सदरमुकाम स्याङ्जा बजारमा भएको प्रदर्शनका क्रममा जिल्ला प्रशासन कार्यालय, पुतलीबजार नगरपालिकाको कार्यालयको साथै नेकपा एमाले र नेपाली काँग्रेसको जिल्ला सदरमुकामस्थित पार्टी कार्यालयका सिसा फुटाइएका थिए भने ट्राफिक चोकमा रहेको बि.पि. कोइरालाको शालिकसमेत तोडफोड गरी क्षति पुर्याएको थियो । सामान्य क्षति भए पनि आन्दोलन तुलनात्मक रूपमा शान्तिपूर्ण रहेको उनको भनाइ छ ।
देशभर आन्दोलनमा ठूलो क्षति पुगे पनि स्याङ्जामा भने जेन-जेडहरूले अपेक्षाकृत संयमता अपनाएको देखिएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ