उपभोक्ताको हक र सुरक्षाबारे जनचेतना फैलाउने उद्देश्यले स्याङ्जामा विभिन्न कार्यक्रमसहित विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा आँधीखोला गाउँपालिकास्थित प्रधुम्न पनेरु माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।
दिवसको अवसरमा पञ्चेबाजा र सचेतनामूलक प्लेकार्डसहित प्रभातफेरी निकालिएको थियो । त्यसपछि आयोजित अभिमुखीकरण कार्यक्रममा उपभोक्ता, व्यापारी, विद्यार्थी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले उपभोक्ता आफ्ना अधिकारप्रति सजग हुनुपर्ने र व्यापारीले पनि इमान्दार रूपमा व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए । गाउँपालिका उपाध्यक्ष सिता थापाले स्थानीय रैथाने बालीलाई प्राथमिकता दिँदै स्वदेशी उत्पादनको प्रयोग बढाउनुपर्ने बताइन् ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले उपभोक्ताको हितका लागि नियमित बजार अनुगमन भइरहेको जानकारी दिँदै कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने वा गुणस्तरहीन वस्तु उत्पादन तथा वितरण गर्नेहरूलाई कानुन अनुसार कारबाही गरिने बताए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले उपभोक्तामा सचेतना आवश्यक रहेको उल्लेख गर्दै बजारमा उपभोक्तालाई असर पर्ने गतिविधि देखिए प्रहरी वा सम्बन्धित निकायमा उजुरी दिन आग्रह गरे ।
यस्तै, उपभोक्ता मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनीले उपभोक्ताले आफूले प्रयोग गर्ने सामानको गुणस्तर र मूल्यबारे सचेत हुनुपर्ने बताए । एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले सेवा प्रदायक, व्यवसायी र उपभोक्ता सबैको सहकार्यबाट मात्रै उपभोक्ता अधिकार सुनिश्चित गर्न सकिने धारणा राखे ।
कार्यक्रममा विद्यार्थीहरूले कविता, गायन र नृत्यमार्फत उपभोक्ता अधिकारसम्बन्धी सन्देश प्रस्तुत गरेका थिए । उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।
यसैबीच, उपभोक्ताको हकहितका लागि लामो समयदेखि योगदान पुर्याएको भन्दै उपभोक्ता मञ्च स्याङ्जाका अध्यक्ष मरासिनीलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
हरेक वर्ष मार्च १५ का दिन विश्वभर विश्व उपभोक्ता अधिकार दिवस मनाइन्छ । सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले अमेरिकी काँग्रेसमा उपभोक्ता अधिकारबारे सम्बोधन गरेको दिनको सम्झनामा यो दिवस मनाउने परम्परा रहेको छ ।
सम्बन्धित खबर
मापदण्डविपरीत चौपाया ढुवानी गर्ने एक जना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगको आरोपमा अर्जुनचौपारीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
बालश्रममुक्त घोषणा सफल बनाएपछि स्याङ्जाका दुई गाउँपालिका राष्ट्रिय सम्मानबाट सम्मानित
अर्जुनचौपारी बालश्रममुक्त घोषणा, स्याङ्जाको तेस्रो स्थानीय तह बन्यो
सुन्तलाको बोक्राबाट सुरु भयो नयाँ यात्रा, स्याङ्जामा फेस प्याक र आयुर्वेदिक साबुन बजारमा
स्याङ्जामा तीन सय ४४ जना एचआईभी संक्रमित, वालिङमा सबैभन्दा धेरै
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
पीसीएमको ‘एनुअल फेस्ट–२०२६’ सम्पन्न, सांगीतिक कार्यक्रमदेखि प्रविधि र उद्यमसम्मको आकर्षण
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगको आरोपमा अर्जुनचौपारीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा