कास्कीकी सिडिओ शर्मा भन्छिन्ः सीसीटिभी फुटेज हेरेर कारबाहीको दायरामा ल्याउँछौं

कास्कीकी सिडिओ शर्मा भन्छिन्ः सीसीटिभी फुटेज हेरेर कारबाहीको दायरामा ल्याउँछौं

कारागार मर्मत सकिएपछि कैदीबन्दीलाई सम्पर्कमा आउन आह्वान गरिने

dao kaski

पोखरा । जेन–जी सूहलले गरेको आन्दोलनका कारण कास्की जिल्लाका सरकारी कार्यालयहरू खरानी बनेका छन् । आगजनीपछिका दिनहरूमा अधिकांश कार्यालय अझै सामान्य सेवामा फर्कन सकेको छैन ।

तर, जिल्ला प्रशासन कार्यालय कास्कीकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माले अत्यावश्यक सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिइन् । उनका अनुसार कम जोखिम भएका कोठाबाट सेवा पुनः सुरु गरिनेछ ।

‘अत्यावश्यक सेवा सुरु गर्न निर्देशन भएको छ । सोही अनुसार हामीले अनुगमन गरेका छौं,’ सिडिओ शर्माले भनिन्, ‘चोरी भएका सामान फिर्ता गर्न आह्वान गर्छौं । त्यस्तो नभए, हामीसँग सिसिटिभी फुटेज पनि छ, दोषीलाई कारबाहीको दायरामा ल्याइन्छ ।’

उनले कास्की कारागारबाट भागेका कैदीबन्दीलाई फर्काउने प्रक्रिया पनि अघि बढाइएको बताइन् । ‘कारागार मर्मत भइरहेको छ, बिजुली जडान भइरहेको छ । त्यसपछि कैदीबन्दीलाई सम्पर्कमा आउन आह्वान गरिनेछ,’ उनले स्पष्ट पारिन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ