कांग्रेस, एमाले र माओवादीसहित आठ दलको एकै स्वर– संसद विघटन मान्दैनौँ

कांग्रेस, एमाले र माओवादीसहित आठ दलको एकै स्वर– संसद विघटन मान्दैनौँ

3 dal neta

अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेलले संसद विघटन गरेपछि संसदका आठवटै दलका नेताले संयुक्त विरोध गरेका छन् ।

संविधानको धारा ७६ उपधारा (७) र सवोच्चकै फैसलाको नजिरविरुद्ध हुने भन्दै उनीहरूले प्रतिनिधिसभा विघटनको विरोध गरेका छन् ।

संयुक्त वक्तव्यमा हस्ताक्षर गर्ने दल तथा नेताहरूमा नेपाली कांग्रेसका श्यामकुमार घिमिरे, नेकपा (एमाले)का महेश बर्तौला, नेकपा (माओवादी केन्द्र)का हितराज पाण्डे, नेकपा (एस)का मेटमणि चौधरी छन् ।

यस्तै अन्य दल तथा संसदीय दलका नेताहरूमा जसपाका विरेन्द्र कुमार महतो, जनमतका अनिता देवी, लोसपाका रामप्रसाद चौधरी र नाउपाका रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

उनीहरूले संयुक्त आवाजमा भनेका छन्, ‘प्रतिनिधिसभा विघटन गरिएको भनिएको निर्णय फिर्ता लिई तत्काल संसदको बैठक बोलाई जनता र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै संशोधन हुने वातावरण सिर्जना गर्न सबैसँग जोडदार माग गर्दछौँ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds