जेनजी आन्दोलनलाई हाइज्याक गर्न खोजेको भन्दै घाइतेहरूद्वारा ध्यानाकर्षण

जेनजी आन्दोलनलाई हाइज्याक गर्न खोजेको भन्दै घाइतेहरूद्वारा ध्यानाकर्षण

सुदन गुरुङले जेनजीको बदनाम गरेको आरोप, लिडर भन्दै नहिँड्न चेतावनी

ghaitee

काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरूले आन्दोलनलाई हाइज्याक गर्न खोजिएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

गत भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा घाइते भएकाहरूले आइतबार सिंहदरबारमा प्रधानमन्त्री शुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्दै आन्दोलनलाई हाइज्याक गर्न खोजिएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

सुरूमा छिर्न नपाएका उनीहरू दक्षिण गेटअगाडि धर्ना बसेका थिए । आलो घाउ लिएर पुगेका युवाहरूको हातमा अस्पतालको रिपोर्ट देखिन्थ्यो । केही बैशाखीको सहारामा पुगेका थिए ।

घाइतेहरू हामी नेपालका संयोजक सुदन गुरुङको नाम लिँदै आक्रोशित बनेका छन् । उनीहरूले सुदनलाई यो प्रदर्शनको लिडर भन्दै नहिँड्न समेत चेतावनी दिएका छन् ।

जेनजी प्रदर्शनमा कोही पनि लिडर नभएको र आफूहरूको माग सम्बोधन हुनुपर्ने भन्दै आक्रोश व्यक्त गरिरहेका छन् ।

दिनभर सिंहदरबारको मुख्यद्वार बाहिर बसेर प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका जेनजी आन्दोलनका घाइतेहरूले प्रधानमन्त्री कार्यालयबाहिरै अवसरवादी मुर्दावादको नाराबाजी गरेका छरे । आफूहरू जेनजी आन्दोलनको घाइते भए पनि सुदन गुरुङलगायत १० जना अवसरवादी र नक्कली आन्दोलनकारी सरकार गठनमा हाबी भएको आरोप उनीहरूले लगाएका छन् ।

आफूले खुट्टामा गोली खाएको देखाउँदै प्रधानमन्त्री कार्यालयबाहिर मिडियासँग बोलेकी एक आन्दोलनकारी युवतीले मृतक र घाइतेका परिवारलाई बेवास्ता गरेर अवसरवादीले सरकार गठन गरेको बताइन् । उनले जेनजीको नाम खराब गर्ने काम सुदन गुरुङले गरेको आरोप लगाइन् ।

आन्दोलनका घाइतेहरूले आन्दोलनका शहीद र घाइतेहरुको अपमान हुने किसिमका गतिविधिहरु सह्य नहुने चेतावनी पनि दिए ।

जेनजीका विभिन्न समूहरुले वर्तमान परिस्थितिमा सरकार समक्ष आ–आफ्नै माग राखिरहेका छन् ।

जसमा राजनीतिक दलमा आवद्ध युवाहरूले समेत जेनजी आन्दोलनको लाभ उठाउन लागेको भन्दै अर्को समूह आक्रोशित भएको छ । वास्तविक जेनजी पुस्ता आफूहरू रहेको भन्दै आन्दोलनबाट प्राप्त उपलब्धिमा रजाइँ गर्न नपाइने उनीहरुको चेतावनी छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ