गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरूले आन्दोलनलाई हाइज्याक गर्न खोजिएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
गत भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा घाइते भएकाहरूले आइतबार सिंहदरबारमा प्रधानमन्त्री शुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्दै आन्दोलनलाई हाइज्याक गर्न खोजिएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
सुरूमा छिर्न नपाएका उनीहरू दक्षिण गेटअगाडि धर्ना बसेका थिए । आलो घाउ लिएर पुगेका युवाहरूको हातमा अस्पतालको रिपोर्ट देखिन्थ्यो । केही बैशाखीको सहारामा पुगेका थिए ।
घाइतेहरू हामी नेपालका संयोजक सुदन गुरुङको नाम लिँदै आक्रोशित बनेका छन् । उनीहरूले सुदनलाई यो प्रदर्शनको लिडर भन्दै नहिँड्न समेत चेतावनी दिएका छन् ।
जेनजी प्रदर्शनमा कोही पनि लिडर नभएको र आफूहरूको माग सम्बोधन हुनुपर्ने भन्दै आक्रोश व्यक्त गरिरहेका छन् ।
दिनभर सिंहदरबारको मुख्यद्वार बाहिर बसेर प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका जेनजी आन्दोलनका घाइतेहरूले प्रधानमन्त्री कार्यालयबाहिरै अवसरवादी मुर्दावादको नाराबाजी गरेका छरे । आफूहरू जेनजी आन्दोलनको घाइते भए पनि सुदन गुरुङलगायत १० जना अवसरवादी र नक्कली आन्दोलनकारी सरकार गठनमा हाबी भएको आरोप उनीहरूले लगाएका छन् ।
आफूले खुट्टामा गोली खाएको देखाउँदै प्रधानमन्त्री कार्यालयबाहिर मिडियासँग बोलेकी एक आन्दोलनकारी युवतीले मृतक र घाइतेका परिवारलाई बेवास्ता गरेर अवसरवादीले सरकार गठन गरेको बताइन् । उनले जेनजीको नाम खराब गर्ने काम सुदन गुरुङले गरेको आरोप लगाइन् ।
आन्दोलनका घाइतेहरूले आन्दोलनका शहीद र घाइतेहरुको अपमान हुने किसिमका गतिविधिहरु सह्य नहुने चेतावनी पनि दिए ।
जेनजीका विभिन्न समूहरुले वर्तमान परिस्थितिमा सरकार समक्ष आ–आफ्नै माग राखिरहेका छन् ।
जसमा राजनीतिक दलमा आवद्ध युवाहरूले समेत जेनजी आन्दोलनको लाभ उठाउन लागेको भन्दै अर्को समूह आक्रोशित भएको छ । वास्तविक जेनजी पुस्ता आफूहरू रहेको भन्दै आन्दोलनबाट प्राप्त उपलब्धिमा रजाइँ गर्न नपाइने उनीहरुको चेतावनी छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह