पत्रकार जगदीश खरेल सञ्चार तथा सूचना प्रविधिमन्त्री नियुक्त

नियुक्ति

पत्रकार जगदीश खरेल सञ्चार तथा सूचना प्रविधिमन्त्री नियुक्त

अब खरेल आफै 'हट सीट'मा पुगेका छन्

jagadish kharel

काठमाडौं । ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ उनलाई सञ्चारमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रमुख खरेलले सञ्चार माध्यममा २५ वर्ष भन्दा लामो समयसम्म काम गरेको लामो अनुभव समेत रहेको छ ।

उनले ईमेज टेलिभिजनमा समाचार वाचनका साथै ‘हट सीट’ कार्यक्रम समेत चलाउँदै आएका छन् ।

नवनियुक्त सञ्चारमन्त्री खरेललाई सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुहुने भएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ