युआरएलमा चाडपर्व अफरः युरिक एसिड परीक्षण निःशुल्क, सबै जाँचमा छुट

युआरएलमा चाडपर्व अफरः युरिक एसिड परीक्षण निःशुल्क, सबै जाँचमा छुट

thakur pantha url

पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले दसैं, तिहारसहितका चाडपर्व लक्षित छुट योजना सार्वजनिक गरेको छ ।

गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त युआरएलको यो चाडपर्व विशेष छुट योजना कात्तिक १० गतेसम्म युआरएलका सबै शाखामा लागू हुनेछ ।

जेनजी आन्दोलनपछि बद्लिएको परिस्थितिमा पनि ग्राहकको सेवालाई मध्यनजर गरी छुट योजना सार्वजनिक गरिएको अध्यक्ष ठाकुरप्रसाद पन्थले जानकारी दिए । यो अवधिमा थाइराइड, क्यान्सर, भिटामिन डी, होलबडी लगायत सबै प्रकारका जाँचमा विशेष छुट दिइने पन्थले उल्लेख गरे ।

विश्वकै सर्वोकृष्ट प्रविधि तथा दक्ष र अनुभवी प्राविधिकबाट गुणस्तरीय रुपमा सेवा दिँदै आएको युआरएल १२ वर्षअघि स्थापना भएको हो । युआरएलले १२ वर्षको अवधिमा आफैं र विभिन्न संघ, संस्थासँग सहकार्य गरी २ सय ९ निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले जानकारी दिए । उनले साढे ३ लाख जनाले शिविरबाट निशुल्क रगत जाँच सुविधा लिएको जनाए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ