दसैँ, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सोमबारदेखि विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । त्यसअनुसार जिल्लाका प्रमुख बजार क्षेत्रमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
स्याङ्जा सदरमुकाम स्थित बसपार्कमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले यात्रु सहायता कक्षको उद्घाटन गर्दै कक्ष स्थापना मात्र होइन, सेवाप्रवाह प्रभावकारी हुनेगरी काम गर्न निर्देशन दिए । अर्यालले यात्रुहरूले यात्रामा पर्न सक्ने असुविधा तत्काल समाधान हुने किसिमले सहायता कक्ष सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले चाडपर्वमा बढ्ने यात्रुको भीडसँगै पकेटमार, बढी भाडा असुल्ने, चालक सहचालकको अभद्र व्यवहारलगायतका समस्यालाई नियन्त्रण गर्न सहायता कक्ष टेवा पुग्ने बताए ।
सोमबार स्याङ्जा, वालिङ् र गल्याङ बजारमा सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक भुपेन्द्र प्रसाद गौलीले जानकारी दिए । उनका अनुसार जिल्लाका मुख्य बजार क्षेत्रमा सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
यससँगै, चाडपर्व अवधिभर सादा पोशाक र पोशाकधारी प्रहरी परिचालन, पैदल र सवारी गस्ती, पिकेट तथा आवश्यकता अनुसार चेकजाँच गर्ने व्यवस्था गरिएको छ । देउसीभैलो तोकिएको समयमा मात्रै सञ्चालन गर्न दिने, आपराधिक गतिविधि रोक्न सचेतनामूलक कार्यक्रम, माइकिङ र समुदायस्तरमा समन्वय गरेर शान्ति–सुरक्षा कायम गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।
सम्बन्धित खबर
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस