नियमित समयमा मात्र राष्ट्रिय परिचयपत्र सेवा

नियमित समयमा मात्र राष्ट्रिय परिचयपत्र सेवा

parichayapatra-vid-syangja

सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीसँगै सामान्य सेवाग्राहीको अत्याधिक चापका कारण जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बिहानैदेखि सुरु गर्दै आएको राष्ट्रिय परिचयपत्र सेवा अब रोकिएको छ ।

गत साउन २८ गतेदेखि बिहान ८ बजेबाट सेवाग्राहीलाई सहज बनाउन प्रयोगमा ल्याइएको व्यवस्था असोज ७ गतेदेखि स्थगित गरिएको हो । अबदेखि सेवाग्राहीहरूले नियमित कार्यालय समयमै सेवा लिनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।

उनका अनुसार हाल जनशक्ति व्यवस्थापनसँगै सेवाग्राहीको चाप घट्दै गएको हुँदा बिहान ८ बजे नै सेवा सुरु गर्ने आवश्यक छैन । सोही कारण बिहानको सेवा रोक्दै, नियमित समयमा मात्र सेवा दिने निर्णय गरिएको हो ।

यससँगै सबै स्थानीय तहलाई पनि आम जनतालाई यथार्थ जानकारी गराउन र समन्वय गर्न अनुरोध गरिएको छ ।

सम्बन्धित समाचार: स्याङ्जामा राष्ट्रिय परिचयपत्र बनाउनेको भीड, चाप थेग्न सेवा समय विस्तार

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds