दोस्रो पर्वतीय दौड प्रतियोगिता असोज ११ गते, तयारी अन्तिम चरणमा

खेलकुद

दोस्रो पर्वतीय दौड प्रतियोगिता असोज ११ गते, तयारी अन्तिम चरणमा

विश्व कीर्तिमानी धावक घिमिरे र समाजसेवी गुरुङ सम्मानित हुने

parbatiya daud

विश्व पर्यटन दिवस अवसरमा यही असोज ११ गते दोस्रो पर्वतीय दौड प्रतियोगिता हुँदैछ ।

पोखरा प्रवर्द्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा दोश्रो संस्करणको पर्वतीय दौड प्रतियोगिता  शनिबार पोखरामा हुने आयोजक पोखरा प्रवर्द्धन केन्द्रका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । खुल्ला सहित प्रतियोगितामा ६ इभेण्ट समेटिएको केन्द्रका उपाध्यक्ष असफल गौतमले बताए । प्रतियोगिताको तयारी अन्तिर चरणमा पुगेको उनले जनाए ।

विश्व कीर्तिमानी धावक घिमिरे र समाजसेवी गुरुङ सम्मानित हुने

पोखरा प्रवर्द्धन केन्द्रको प्रतिभा प्रोत्साहन कार्यक्रम अन्तर्गत यसपटक तनहुँका विश्व कीर्तिमानी धावक वसन्त घिमिरे र पोखराका समाजसेवी अशोक गुरुङलाई सम्मान गरिने भएको छ । संस्थाले वार्षिक कार्ययोजना अन्तर्गत समाजसेवा, राष्ट्रसेवा र खेलकुदका माध्यमबाट उद्यमशीलता, नवप्रवर्तन एवम् पर्यटन क्षेत्रमा विशिष्ट योगदान पु¥याएका एकजना खेलकुद र एकजना उद्यम तथा नवप्रर्वतन क्षेत्रका प्रतिभालाई प्रोत्साहित गर्दै आएको छ ।

यसअघि, उक्त सम्मानबाट अग्रज समाजसेवी तथा उद्यमी पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बराल र विश्व कीर्तिमानी धावक लेफ्टिनेन्ट कुसान गुरुङ सम्मानित भइसकेका छन् । यसपटक सम्मानित हुने वसन्त घिमिरेको जन्म तनहुँको शुक्लागण्डकी–६ खैरनीटारमा २०२३ वैशाख ३ मा पिता बामदेव घिमिरे र रेवती घिमिरेको कोखबाट भएको हो । उनी सन् १९९५ मा पोखरामा सम्पन्न म्याराथनका स्वर्णपदक विजेता हुन् ।

सार्क स्थापनाको १० औँ वार्षिकोत्सव अवसरमा आयोजित सार्कराष्ट्रस्तरीय पोखरा जिरो किमीदेखि मुग्लिनसम्म अल्ट्राम्याराथनमा (९० किमी) दूरी उनले ७ घण्टामै पूरा गरी कीर्तिमानी कायम सहित नेपाललाई स्वर्ण दिलाएका थिए । यस्तै, पोखराको हल्लनचोक–पुनहिल–हल्लनचोकको अल्ट्राम्याराथनमा १ सय किमी दूरी उनले ११ घण्टा ५९ मिनेट, ५९ सेकेण्डमा पार गरेका थिए ।

सन् १९९६ वेलायतमा भएको १ सय २८ किमीको अल्ट्राम्याराथनमा घिमिरेले १३ घण्टा ३८ मिनेट ४२ सेकेण्डमा उत्तः दुरी पार गरी कीर्तिमानी कायम गरेका थिए । उनले विभिन्न युरोपियन राष्ट्रमा सम्पन्न म्याराथनमा दर्जनौँ पदक जितेर पृथक पहिचान कायम गरेका छन् । घिमिरे विश्वकीर्तिमानी धावक मात्र नभएर लोकदोहोरी गायन क्षेत्रका कुशल सर्जक तथा नायकसमेत हुन् । उनको दुलेगौँडा कटेसी खैरेनी लोकदोहोरी गीतिएल्बमसमेत बजारमा आएको छ । उनले विभिन्न लोक तथा आधुनिक गीतका म्यूजिक भिडियोमा अभिनयसमेत गरिसकेका छन् । उनी फिनल्याण्डस्थित लोकदोहोरी प्रतिष्ठान युरोप शाखा सल्लाहकारसमेत हुन् । उनको यो अयिभानले उनकी धर्मपत्नी देवका घिमिरे, छोरीहरु सृजना घिमिरे र सुस्मीता घिमिरे त्यसै गरी छोरा शक्ति घिमिरे समेत प्रभावित भएकाछन् ।

यसैगरी, समाजसेवा क्षेत्रबाट सम्मानित हुने अशोक गुरुङ विश्व शान्ति स्तूप समितिका अध्यक्ष हुन् । पोखरा–२२, पुम्दीभुम्दी अनदुमा कृष्णबहादुर गुरुङ र आमा लक्ष्मीदेवीका कान्छो सन्तानका रूपमा २०२४ सालमा उनको जन्म भएको हो । उनी २०५० सालदेखि विश्व शान्तिस्तूपको श्रीवृद्धिमा क्रियाशील छन् । पुम्दीभुम्दीको पहिलो पर्यटकीय गन्तव्य विश्वशान्ति स्तूप समितिमा सचिवको नेतृत्वबाट अगाडि बढेका उनी उपाध्यक्ष हुँदै हाल अध्यक्षको भूमिकामा छन् ।

पोखरा लायन्स क्लब अफ हिमालयनका पूर्व अध्यक्षसमेत रहेका उनी फेवा होटल लेकसाइड, तालपारि पोखरा लिची गार्डेन रेस्टुरेन्ट, गोबन्जी नेपाललगायत व्यावसायिक प्रतिष्ठानका साझेदार छन् । साथै ह्वाइट बर्ड एग्रोफर्ममार्फत् नवप्रवद्र्धन, पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिका लागि उनीसहितको नेतृत्वमा रहेका विविध व्यवसायिक समूहले झण्डै ६० जनालाई प्रत्यक्ष रोजगारीका अवसरसमेत दिलाउँदै आएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ