स्याङ्जाको भीरकोट नगरपालिकाले चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई कडाइ गरेको छ । बिहीबार गरिएको अनुगमनमा कैफियत देखिएका १३ वटा खाद्यान्न पसल कारबाहीमा परेका छन् ।
नगर उपप्रमुख भगवती रेग्मी अर्यालका अनुसार अनुगमन टोलीले वडा नम्बर १ र २ को ठाडोलाइन र सिद्धार्थ राजमार्ग आसपासका पसलहरूमा कारबाही गरेको हो । कुल ३४ वटा पसलमा गरिएको अनुगमनका क्रममा मासु पसल, किराना पसल, होटल तथा रेष्टुरेन्ट, फलफूल–तरकारी पसल र भेटेरिनरी पसल जाँच गरिएको नगर प्रशासन प्रमुख सीताराम खनालले जानकारी दिए ।
उनका अनुसार पाँचवटा मासु पसल, २० वटा किराना पसल, तीनवटा होटल तथा रेष्टुरेन्ट, चारवटा तरकारी–फलफूल पसल र दुईवटा भेटेरिनरी पसल अनुगमन गरिएको थियो । सो क्रममा १३ खाद्यान्न पसलबाट म्याद गुज्रेका साबुन, मसला, चाउचाउ, बिस्कुटलगायतका वस्तु जफत गरिएको छ ।
अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन, मूल्यसूची अद्यावधिक नगर्ने, नवीकरण नगरेको, बोर्ड नराखेको, इजाजतपत्रबिना सुर्तीजन्य पदार्थ बिक्री गर्ने, सरसफाइको कमी देखिएका पसललाई सचेत गराइएको खनालले बताए ।
स्थानीय उपभोक्ताहरूका अनुसार पर्वको समयमा मात्र अनुगमन गर्ने प्रवृत्तिका कारण धेरै समस्या देखिने गरेको छ । उनीहरूले नियमित अनुगमन र व्यापारी तथा उपभोक्तालाई सचेतनासहित शिक्षा दिन सके बजार अझ व्यवस्थित हुने सुझाव दिएका छन् ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो