काठमाडौ । निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिएकी छिन् । अभिभावकको बैठकमा कांग्रेस नेतृसमेत रहेकी राणाले राजीनामा दिएकी हुन् ।
‘विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट उहाँले राजीनामा दिनुभएको जानकारी गराइएको छ’, एक अभिभावकले भने । काठमाडौं र ललितपुरको दुवै स्कूलबाट उनले राजीनामा दिएकी हुन ।
गत २४ भदौमा जेनजी आन्दोलनमा युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो । स्कुल जलेर पूर्णरुपमा नष्ट भएको छ । तर, राणा युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष मात्र थिइन् ।
भौतिक संरचना जलेर नष्ट भएकाले नयाँ ढंगले विद्यालय चलाउने योजना युलेन्सले बनाएको छ । अभिभावक स्रोतका अनुसार युलेन्सले अब अभिभावकबाटै ट्रष्टी छान्ने छ । ‘सुरुको १५ वर्ष संस्थापक ट्रष्टी, त्यसपछि अभिभावक र त्यसपछि अल्मुनाइलाई ट्रष्टीले स्कूल चलाउने रोडम्यापअनुसार काम भइरहेको बताइएको छ’, एक अभिभावकले भने ।
हाल अनलाइनबाट कक्षा संचालन भइ रहेको छ । १० देखि १२ कक्षा र आइबीको कक्षा दशैंपछि फेस टु फेस संचालन गर्ने तयारी छ । विद्यालले पूर्णरुपमा फेस रु फेस कक्षा ३-४ महिना भित्र संचालन गर्ने योजना बनाएको छ ।
गत २४ गतेको आन्दोलनमा युलेन्स स्कुल अफवाहको सिकारमा परेको जनाएको छ । गत बुधबार विज्ञप्ति निकालेर युलेन्सले फाउन्डेशनको बोर्ड अफ ट्रस्टीले शिक्षा ऐन मुताबिक डा. देउवालाई विद्यालय व्यवस्थापन समितिमा नियुक्ति गरेको थियो । ‘साबिकको जिल्ला शिक्षा कार्यालयले उहाँलाई यस युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गर्यो । त्यो क्रम आजसम्म निरन्तर छ’, युलेन्सले भनेको छ, ‘यो ठ्याक्कै त्यस्तै अध्यक्षता हो, जसरी सामुदायिक विद्यालयको व्यवस्थापनमा स्थानीय व्यक्तिहरू हुन्छन् । सामुदायिक विद्यालयहरू व्यवस्थापन समितिका पनि हुन त हुन्छन्, तर अपनत्वको हदसम्म मात्रै, स्वामित्वको हदमा होइन । स्वामित्व त सरकारको अधीनस्थ हुन्छ । युलेन्सको सवालमा पनि डा. आरजु राणा देउवाको संलग्नता त्यही सीमासम्म हो । विद्यालय युलेन्स एजुकेशन फाउन्डेशनले सञ्चालन गर्छ । डा. देउवा फाउन्डेशनमा ट्रस्टी हुनुहुन्न । व्यवस्थापन समितिमा मात्र हुनुहुन्छ, जो सामुदायिक विद्यालयको व्यवस्थापन समिति सरहको अधिकारमा क्रियाशील रहन्छ । युलेन्ससँगको उहाँको सम्बद्धताको सीमा यति नै हो ।’
पछिल्लो समयमा राजनीतिमा सक्रिय भएपछि आरजु राणाले विद्यालयबाट अलग हुने प्रस्ताव पनि गरेकी थिइन् । तर, डा. आरजु राणा देउवाको नाफा कमाउने व्यवसायका रूपमा दूष्प्रचार गरिएको निष्कर्ष युलेन्सको छ ।
‘अफवाह फैलाइयो । समाजमा विष फैलाउन कति सजिलो ! डा. देउवाले यो दुष्प्रचारको पटकपटक खण्डन पनि गर्नुभयो, तर सञ्चारजगत्, नागरिक समाज, तालुकदार निकाय, समुदाय सबैले यो अफवाहको तेज यात्रालाई देखेर पनि नदेखेझैं गरे, जसको सिकार आज युलेन्स भएको छ । जस–जसले युलेन्सविरुद्ध भ्रम, अफवाह र दुष्प्रचार फैलाए, ती सबैलाई हाम्रो चुनौती छ’, युलेन्सले भनेको विज्ञप्तिमार्फत भनेको छ ।
सम्बन्धित खबर
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
सर्वोच्चमा रवि लामिछानेसम्बन्धी मुद्दा पुनः ‘हेर्दाहेर्दै’मा, मंगलबार फेरि सुनुवाइ हुने
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
कस्टमर ग्रुप नेपालद्वारा पाल्पाको विद्यालयलाई सहयोग
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर