हर्क साम्पाङले मागे प्रधानमन्त्री कार्कीको राजीनामा

हर्क साम्पाङले मागे प्रधानमन्त्री कार्कीको राजीनामा

sushila-karki-harka

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् ।

जेनजीको मर्म अनुसार प्रधानमन्त्री कार्कीले काम गर्न नसकेको बताउँदै मेयर साम्पाङले राजीनामा मागेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘ सुशीला जी…तपाईंले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन ! राजिनामा दिनुस् ! म गर्छु उनीहरुको माग पूरा एक-एक गरेर !’

कार्की प्रधानमन्त्री नियुक्त भएको केही दिन मात्रै भएको छ । उनको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेकको छैन । दुई पटक मन्त्रिपरिषद विस्तार हुँदा ८ सदस्यीय पुगेको छ । कार्कीसँगै ९ मन्त्रालय रहेका छन् । अन्य मन्त्रीहरु पनि २ भन्दा बढी मन्त्रालयको जिम्मेवारीमा छन् ।

नयाँ पुस्ताका युवाहरुको आन्दोलनपछि बनेको सरकारमा प्रधानमन्त्रीसहित केही मन्त्रीहरू ७० वर्षका आसपासका नियुक्त भएपछि आलोचना हुन थालेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ