हामी नेपालका अध्यक्ष सुदन गुरुङले जेन-जी पुस्तालाई हिंसाको बाटो त्यागेर संयमता अपनाउन आह्वान गरेका छन्।
शनिबार सामाजिक संजाल मार्फत् उनले यस्ता गतिविधिले सकारात्मक परिवर्तनको आन्दोलनलाई नै ओझेलमा पार्ने बताएका हुन्।
केहीदिन देखि टिकटक लगायतका सामाजिक सञ्जालमा ‘एक्स्पोज झोले’ ट्रेन्डको नाममा केही प्रयोगकर्ताले असोज ११ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आक्रमण गर्ने भन्दै सामाजिक सञ्जालमा हल्ला फैलाएका थिए। उनको स्ट्याटस पनि यहि हल्ला लक्षित रहेको आकंलन गरिएको छ।
उनले लेखेका छन् ‘मलाई थाहा छ अहिले भावना तीव्र छ र धेरैलाई निराशा महसुस भइरहेको छ। तर हिंसा वा कसैको घरलाई निशाना बनाउनु समाधान होइन। यस्ता कार्यहरूले हाम्रो देशलाई अझै ठूलो क्षति पुर्याउन सक्छन् र हामी लडिरहेको सकारात्मक परिवर्तनलाई ओझेलमा पार्न सक्छन्।’
यही सन्दर्भमा, शनिबार नै भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले आफूमाथि आक्रमणको धम्की आइरहँदा पनि सरकारले सुरक्षा खोस्न लागेको भन्दै गुनासो गरेका थिए।
गुरुङले युवाहरूको ऊर्जालाई सडकको अराजकताभन्दा निर्वाचनमार्फत सकारात्मक परिवर्तन ल्याउन केन्द्रित गर्नुपर्नेमा जोड दिए।
‘हामीसँग पहिले नै निर्वाचनको मिति तोकिएको छ। त्यो नै हाम्रो शक्ति, हाम्रो एकता, र हाम्रो दृष्टि देखाउने अवसर हो,’ उनले भने, ‘हाम्रो आन्दोलन आशाको हो, घृणाको होइन। निर्माणको हो, विनाशको होइन। सम्पूर्ण देशलाई देखाऔँ कि जेन-जी क्रोधले होइन, बुद्धिमत्ताले नेतृत्व गर्न सक्छ।’
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह