पोखरा । गण्डकी प्रदेश सभा सचिवालयले सम्पत्ति विवरण फाराम पुनः पेस गर्न अत्यन्त जरुरी सूचना जारी गरेको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले हरेक आर्थिक वर्ष समाप्त भएको साठी दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानूनी व्यवस्था भए पनि यस वर्ष असोज २३ र २४ गतेको आन्दोलनका क्रममा सचिवालयमा आगजनी हुँदा अभिलेख जलेर नष्ट भएपछि विवरण अद्यावधिक गर्ने अवस्था नरहेको कारण पुनः विवरण माग गरिएको हो ।
सचिवालयका अनुसार आ.व. २०८१/८२ को सम्पत्ति विवरण बुझाउने अवधि गत भदौ २९ गते नै सकिएको थियो । सो अवधिभित्र विवरण नबुझाएका जनप्रतिनिधि तथा कर्मचारीले ऐनअनुसार म्याद थपको लागि कारणसहित अनुरोध गर्न सक्ने व्यवस्था भए पनि आकस्मिक परिस्थितिले सम्पत्ति विवरण नै जलेर नष्ट भएकाले नयाँ फाराम भरी पेस गर्नुपर्ने अवस्था सिर्जना भएको सचिवालयले जनाएको छ ।
सचिव गोविन्द पौडेलद्वारा जारी सूचनामा माननीय प्रदेश सभा सदस्यहरू, स्वकीय सचिव, हलुका सवारी चालक, कार्यालय सहयोगीलगायत सचिवालयमा कार्यरत कर्मचारीहरूले आफ्नो सम्पत्ति विवरण छुट्टाछुट्टै खाममा राखी आगामी असोज २८ गतेभित्र अनिवार्य रूपमा सचिवालयमा पेस गर्न आग्रह गरिएको छ ।
सचिवालयले यसलाई कानूनी दायित्व मात्र नभई पारदर्शिता र सुशासनतर्फको कदमका रूपमा बुझ्न सबैलाई अनुरोध गरेको छ ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन