पोखरा । गण्डकी प्रदेश सभा सचिवालयले सम्पत्ति विवरण फाराम पुनः पेस गर्न अत्यन्त जरुरी सूचना जारी गरेको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले हरेक आर्थिक वर्ष समाप्त भएको साठी दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानूनी व्यवस्था भए पनि यस वर्ष असोज २३ र २४ गतेको आन्दोलनका क्रममा सचिवालयमा आगजनी हुँदा अभिलेख जलेर नष्ट भएपछि विवरण अद्यावधिक गर्ने अवस्था नरहेको कारण पुनः विवरण माग गरिएको हो ।
सचिवालयका अनुसार आ.व. २०८१/८२ को सम्पत्ति विवरण बुझाउने अवधि गत भदौ २९ गते नै सकिएको थियो । सो अवधिभित्र विवरण नबुझाएका जनप्रतिनिधि तथा कर्मचारीले ऐनअनुसार म्याद थपको लागि कारणसहित अनुरोध गर्न सक्ने व्यवस्था भए पनि आकस्मिक परिस्थितिले सम्पत्ति विवरण नै जलेर नष्ट भएकाले नयाँ फाराम भरी पेस गर्नुपर्ने अवस्था सिर्जना भएको सचिवालयले जनाएको छ ।
सचिव गोविन्द पौडेलद्वारा जारी सूचनामा माननीय प्रदेश सभा सदस्यहरू, स्वकीय सचिव, हलुका सवारी चालक, कार्यालय सहयोगीलगायत सचिवालयमा कार्यरत कर्मचारीहरूले आफ्नो सम्पत्ति विवरण छुट्टाछुट्टै खाममा राखी आगामी असोज २८ गतेभित्र अनिवार्य रूपमा सचिवालयमा पेस गर्न आग्रह गरिएको छ ।
सचिवालयले यसलाई कानूनी दायित्व मात्र नभई पारदर्शिता र सुशासनतर्फको कदमका रूपमा बुझ्न सबैलाई अनुरोध गरेको छ ।

सम्बन्धित खबर
स्याङ्जामा फरार दोषी पक्राउ
पुतलीबजार आलुमा आत्मनिर्भर बन्दै, ७१ हजार किलो बीउ वितरण
जेन-जी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेको खोजी तीव्र, सहयोगका लागि कास्की प्रहरीको अपिल
अवैध रूपमा नदीजन्य पदार्थ उत्खननमा संलग्न दुई ट्याक्टर नियन्त्रणमा
६२ वर्षपछि न्याय: सदरमुकाम पुतलीबजार सारिँदा जग्गा दिने श्यामप्रसादलाई १ करोड मुआब्जा
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने