काठमाडौँ । भदौ २३ को जेनजी आन्दोलनपछि भदौ २४ गते भएको आगजनी र तोडफोडमा सिंहदरबारलगायत नेपालका महत्त्वपूर्ण सम्पदा जल्नबाट रोक्न नेपाली सेनाले नसकेको भनी आलोचना भइरहेका बेला प्रधानसेनापति अशोकराज सिग्देलले रक्तपात हुन नदिन र विदेशी शक्तिको खेलमैदान बन्नसक्ने सम्भावनालाई रोक्न सेनालाई बाहिर ननिकालेको दाबी गरेका छन्।
पृतनापतिहरूको बिहीबार सम्पन्न बैठकमा प्रधानसेनापति सिग्देलले सिंहदरबारलगायत देशका महत्त्वपूर्ण सम्पदाहरू जल्नबाट रोक्न नसकेको भनी आलोचना भइरहे पनि थप नेपाली युवा नमारिऊन् र देश विदेशी शक्तिको खेलमैदान नबनोस् भनी सेनालाई बाहिर ननिकालिएको बताएका बुझिन्छ ।
प्रधान सेनापति सिग्देलले नेपाली सेना सधैँ नेपाली जनता र नेपालको सार्वभौमसत्ताका लागि उभिने बताउँदै जेनजी आन्दोलनमा भदौ २४ गते थप युवा नमारिऊन् भन्नेमा सचेत रहेको बैठकमा बताएका थिए। परिस्थिति बिग्रेपछि भदौ २४ गते बेलुका सेनाले सुरक्षा नियन्त्रण आफ्नो हातमा लिँदै कर्फ्यू आदेश दिएपछि परिस्थिति बिस्तारै नियन्त्रणमा आएको थियो। ‘ नेपाली युवाको रक्तपात रोक्न र विदेशी शक्तिको खेलमैदान बन्नसक्ने अवस्था’ आउन नदिन सेना ननिकाल्ने निर्णय गरेको प्रधानसेनापति सिग्देलले बताएका छन्।
प्रधानसेनापति सिग्देलले बिहीबार पृतनापतिहरूको बैठक गरेका थिए भने यसअघि नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरूको बैठक बोलाएर भदौ २३ र २४ गतेको परिस्थितिको ब्रिफिङ गरेका थिए।
सम्बन्धित खबर
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
सर्वोच्चमा रवि लामिछानेसम्बन्धी मुद्दा पुनः ‘हेर्दाहेर्दै’मा, मंगलबार फेरि सुनुवाइ हुने
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
कस्टमर ग्रुप नेपालद्वारा पाल्पाको विद्यालयलाई सहयोग
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर