साथीलाई करेन्ट लागेपछि बचाउन जाँदा दुवै किशोरको ज्यान गयो, पट्नेरीबासी शोकमा

दुर्घटना

साथीलाई करेन्ट लागेपछि बचाउन जाँदा दुवै किशोरको ज्यान गयो, पट्नेरीबासी शोकमा

दुवै १० कक्षामा अध्ययनरत

pratik harmel Sandip Sunar

पोखरा महानगरपालिका वडां नं. २९, लेखनाथ पट्नेरीमा दुई किशोरको करेन्ट लागेर मृत्यु भएपछि आफन्त छिमेकी शोकमा डुबेका छन् ।

बिहीबार साँझ करेन्ट लाग्दा पट्नेरीका प्रतिक हर्मेल र सन्दीप सुनारको ज्यान गएको हो । करिब १६ वर्षका उनीहरु खुदीस्थित गोल्डेन नेचर बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययन गर्दै आएको छिमेकीले बताएका छन् ।

एकजना साथी शौचालय जाने क्रममा करेन्ट लागेको बुझिन्छ । विद्युत तार मिटरबक्सबाट लत्रिएर रेलिङमा छोइएको अवस्थामा रहेकाले करेन्ट लिक भएको अनुमान गरिएको छ ।

दुई जनाको घर सडक वारपार आमनेसामने छ । एउटै उमेर समूह, एउटै कक्षामा पढ्नेहरु अत्यन्त मिल्ने नजिकका आफन्त हुन् ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ