विभिन्न समूहमा छरिएका जेन–जी समूहले आन्दोलनको चेतावनी दिन थालेपछि सरकारले सतर्कता अपनाएको छ । गृह मन्त्रालयले धर्ना, जुलुस र अन्य प्रदर्शनअघि वार्ता तथा संवाद्मार्फत समस्या समाधान गर्न सबैमा विशेष अनुरोध गरेको छ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले आज साँझ जारी विज्ञप्तिमा भनेका छन्, ‘नागरिकका चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता र छलफलमार्फत समाधान गर्न सरकार सधैं सकारात्मक रहेको व्यहोरा अनुरोध गर्दै, धर्ना, जुलुस लगायतका कार्यक्रम गर्नुअघि वार्ता र संवादमार्फत समस्या समाधानतर्फ अग्रसर हुन सबैमा हार्दिक अनुरोध छ।’
जेन–जी पुस्ताको अगुवाईमा भएको प्रदर्शन र विध्वंशपछि मुलुकमा नयाँ राजनीतिक परिस्थिति विकास भएको भन्दै मन्त्रालयले सबैलाई संवेदनशील रहन अनुरोध गरेको छ। सरकारले शान्ति सुरक्षा स्थापनामा ध्यान दिँदै आगामी फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा निर्वाचनको वातावरण तयार पार्न क्रियाशील रहेको दाबी गरेको छ।
सहसचिव काफ्लेका अनुसार, ‘देशमा शान्ति सुरक्षा बहाली गर्दै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला र आम नागरिकको पनि अहम् दायित्व छ। तसर्थ, मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्दै निर्वाचनलाई सफल बनाउन सबै नागरिकले आफ्ना आवाज, अपेक्षा र असन्तुष्टिहरू शान्तिपूर्वक राख्न र धर्ना, जुलुस लगायत विरोध कार्यक्रमहरूलाई सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन मन्त्रालय अनुरोध गर्दछ।’

सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह