जेनजी २.० समूहको दाबीः दूतावासहरूमा गएर मन्त्री र पद मागिएकाे छ

राजनीति

जेनजी २.० समूहको दाबीः दूतावासहरूमा गएर मन्त्री र पद मागिएकाे छ

असली जेनजीकाे बदनाम नगर्न चेतावनी

Gen-Z-2.0

काठमाडौं । जेनजी २.० ले संगठनलाई व्यवस्थित बनाउन विभिन्न विभागहरु सार्वजनिक गरेको छ । शनिबार राजधानीमा भएको पत्रकार सम्मेलनमा जेन्जीको बदनाम नर्गन पनि उनीहरुले चेतावनीसमेत दिएका छन् ।

जेनजी २.०का प्रवक्ता अविन लिम्बूले जेनजीका नाममा विभिन्न राजदूतावासहरुमा गएर मन्त्री तथा पदहरु मागरे जेनजीको मर्म र भावनालाई बदनाम गरिएको आरोप लगाएका छन् ।

लिम्बुले सार्वजनिक गरेको जेन्जी सदस्य सचिवमा कुन्दन कुशवाहा, प्रवक्ता तथा वार्ता समिति प्रमुखमा अविन लिम्बु, विज्ञ टोली प्रमुखमा पूर्व आइजीपी सर्बेन्द्र खनाल, जनसम्पर्क विभागमा त्रिदेव भट्टराई, घाईते योद्धा तथा शहीद परिवार समन्वय विभागमा संजय पौडेल, भ्रष्टाचार निर्मुल तथा नियन्तरण विभागमा प्रज्वल लामा र सिताराम राई, प्रचारप्रसार विभागमा विजय पराजुली, सचिवालय परिचालनमा रविनकुमार साह रहेका छन् ।

जेनजी २.० ले तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरेर कानूनी दायरामा ल्याउनुपर्ने, भ्रष्टाचारमा सून्य सहनशीलता, जेनजी पुस्ताहरु एक हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, अन्तरिम संविधान जारी गर्नुपर्ने, एनजीयो तथा आइएन्जीयोहरु खारेज गर्नुपर्ने मुख्य मुद्दाहरु रहेको र सो पूरा नभए फागुन २१ गते घोषित निर्वाचन विथोल्ने जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ