काठमाडौं– पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले महरालाई भेपमा सुन लुकाएर ल्याएको प्रकरणमा सीआईबीले पक्राउ गरेको छ ।
यसअघि बिहीबार मात्रै महराले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पुगेर बयान दिएका थिए ।
चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका उनलाई अन्तरिम सरकारले फेरि अनुसन्धानमा तानेको हो । अख्तियारमा बयान दिएर आएको तीन दिनपछि नै महरा सीआईबीको हिरासतमा पुगेका हुन् ।
सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले महरालाई उक्त मुद्दाको फाइल अदालतमा लैजानै प्रयोजनका लागि पक्राउ गरिएको बताए।
महरालाई सुरूमा सीआईबीको टोलीले कार्यालयमा हाजिर भइदिन भन्दै फोन गरेको थियो । तर महरा नगएपछि सीआईबीको टोली उनलाई लिन निवासमै पुगेको थियो ।
यसअघि तत्कालीन गृहमन्त्री रवि लामिछानेको पालामा पक्राउ परेका उनलाई बिरामी भएको बहानामा हाजिरी जमानीमा छाडिएको थियो ।
त्यसबेला प्रधानमन्त्री पनि माओवादी केन्द्रकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थिए । महरामाथि तीनवर्षअघि विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गराएको प्रकरणमा अख्तियारले अनुसन्धान गरेको थियो।
भेपमा लुकाएर सुन तस्करी गराएको आरोपमा महरा २०७९ मै अनुसन्धानमा तानिएका थिए । तर माओवादीका उपाध्यक्ष उनी सत्ता र शक्तिको भरमा बाहिरै थिए ।
प्रचण्ड निरन्तर सत्तामा रहेपछि उनी मनमौजी जीन्दगी बाँचिरहेका छन् । उनी दुई पटक महरा प्रहरी अनुसन्धानमा तानिएका भए पनि शक्तिले काम गरेको हो ।
उनीविरुद्ध पहिलो पटक मुद्दा चलाइएको थिएन । दोस्रो पटक २०८० चैत ५ मा रवि लामिछाने गृहमन्त्री हुँदा कपिलवस्तुबाट समातिएका थिए ।
पक्राउलगत्तै उनलाई काठमाडौंस्थित केन्द्रीय अनुसन्धान ब्युरो ल्याएर अनुसन्धान अघि बढाइएको थियो । तर ५ दिनपछि चैत ९ गते जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महरालाई हाजिरी जमानीमा छाडेको थियो ।
महरामाथि विद्युतीय चुरोट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोप छ । यस प्रकरणमा तस्कर समूहसँग सम्बन्ध देखिएको उनका छोरा राहुल पनि अनुसन्धानमा तानिएका छन् ।
२०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन ल्याउने समूहका नाइके चिनियाँ नागरिक दाओजिन वाङसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुलको सम्पर्क देखिएको थियो ।
चिनियाँ तस्करसँग फोन सम्पर्क गरेको देखिएपछि महरा परिवारमाथि छानबिन अघि बढेको थियो । महराले यसअघि सीआईबीसमक्ष दावाजिनसँग चिनजान भएको र रोकिएका सामान मिलेसम्म छुटाउन अनुरोध गरेको स्वीकार गरेका थिए। उनले विधिवत् आएको सामान रोकियो भनेपछि त्यसलाई छुटाउन मात्रै आफूले पहल गरेको बताएका थिए ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’