फरार कैदीबन्दीको विवरण सार्वजनिक, साढे ६ हजारभन्दा धेरै जेल बाहिर

फरार कैदीबन्दीको विवरण सार्वजनिक, साढे ६ हजारभन्दा धेरै जेल बाहिर

नौ हजार आठ जना कैदीबन्दी कारागार फिर्ता

nakhkhu_karagar

काठमाण्डौ – गएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका साढे ६ हजारभन्दा धेरै कैदीबन्दीको विवरण सार्वजनिक भएको छ ।

कारागार व्यवस्थापन विभागले वेबसाइटमार्फत कैदीबन्दीको नामावलीसहितको विस्तृत विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक सूची अनुसार पाँच हजार आठ सय ६८ जना नेपाली, पाँच सय ४० जना भारतीय र एक सय आठ जना भारतबाहेकका अरू विदेशी कैदीबन्दी फरार रहेका छन् । अहिलेसम्म नौ हजार आठ जना कैदीबन्दी कारागार फिर्ता भएको विभागले जनाएको छ ।

विभागका अनुसार फरार कैदीबन्दीहरूको खोजी तथा पक्राउ अभियानलाई अझ नियमित, सशक्त र समन्वयात्मक रूपमा अघि बढाउने निर्णय भएको छ । विभागले फरार कैदीबन्दीहरूलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

कैदीबन्दीको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds