पोखरामा सुरक्षा संवेदनशीलता बढेपछि कास्की प्रहरीले थाल्यो ‘अपरेसन ३६५’

सुरक्षा

पोखरामा सुरक्षा संवेदनशीलता बढेपछि कास्की प्रहरीले थाल्यो ‘अपरेसन ३६५’

स्वरूप परिवर्तन गरेका मोटरसाइकलबाट शहरमा आतंक सिर्जना

Dpo-Kaski

पोखरा । सुरक्षाा संवेदनशीलता बढेपछि कास्की प्रहरीले अपरेसन ३६५ सञ्चालन गरेको छ । चोरी, लुटपाटका घटना जेनजी विद्रोहपछि झनै बढिरहेको गुनासो नागरिकले गरिरहेका छन् ।

स्वरूप परिवर्तन गरेका मोटरसाइकलबाट शहरमा आतंक सिर्जना भएको गुनासोपछि कास्की प्रहरीले अपरेसन ३६५ सञ्चालन गरेको जनाएको छ ।

कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले  सडकमा मोटरसाइकल पड्काउँदै हिँड्ने, केही भन्यो भने प्रहरीदेखि नागरिकसम्मै आक्रमण हुनसक्ने डर र आतंक सिर्जना भएका कारण पनि सोमबारदेखि अपरेसन ३६५ चलाइएको जानकारी दिए । अभियान वर्षभरि ३६५ दिन नै चल्ने भएकाले यो नाम राखिएको हो ।

कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार पर्यटकीय शहरमा आतंक सिर्जना गर्ने काम भयो भन्ने गुनासो धेरै आएको र  केही त्यस्ता आपराधिक घटनासमेत देखिन थालेपछि कास्कीमा अपरेसन ३६५ चलाइएको हो ।

केही दिनअघि होटल संघलगायत पोखराका पर्यटन व्यवसायीका संस्था र प्रहरीबीच छलफल भएको थियो । छलफलमा व्यवसायीहरूले पर्यटकीय क्षेत्रमा शान्ति सुरक्षाको वातावरण खल्बलिँदै गएको चिन्ता व्यक्त गरेका थिए । उनीहरूले मोटरसाइकल पड्काउँदै हिँड्नेहरूले आतंक नै सिर्जना गरेको भन्दै नियन्त्रणका लागि प्रहरीलाई अनुरोध गरे ।

जेनजी आन्दोलनका क्रममा २४ भदौमा पोखरामा भएका सरकारी तथा निजी सम्पत्तिमाथि तोडफोड तथा लुटपाट र आगजनीमा समेत स्वरूप परिवर्तन गरिएका बुलेट, क्रस फायर, पल्सर, भीआरजस्ता मोटरसाइकल प्रयोग भएका थिए ।

नेतादेखि व्यवसायीसम्मको घर जलाउने, लुटपाट गर्नेदेखि प्रहरीको हतियार खोसेर गायबसमेत भएकाले प्रहरीले यस्ता मोटरसाइकलमाथि निगरानी गरिरहेको थियो ।

नक्कली पेस्तोल देखाउँदै चोरी गर्ने एकजना सोमबार मात्रै पनि पक्राउ परेका थिए । पोखरामा चोरीका घटनामा पनि यस्ता मोटरसाइकल प्रयोग भएको पाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ