पोखरा । सुरक्षाा संवेदनशीलता बढेपछि कास्की प्रहरीले अपरेसन ३६५ सञ्चालन गरेको छ । चोरी, लुटपाटका घटना जेनजी विद्रोहपछि झनै बढिरहेको गुनासो नागरिकले गरिरहेका छन् ।
स्वरूप परिवर्तन गरेका मोटरसाइकलबाट शहरमा आतंक सिर्जना भएको गुनासोपछि कास्की प्रहरीले अपरेसन ३६५ सञ्चालन गरेको जनाएको छ ।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले सडकमा मोटरसाइकल पड्काउँदै हिँड्ने, केही भन्यो भने प्रहरीदेखि नागरिकसम्मै आक्रमण हुनसक्ने डर र आतंक सिर्जना भएका कारण पनि सोमबारदेखि अपरेसन ३६५ चलाइएको जानकारी दिए । अभियान वर्षभरि ३६५ दिन नै चल्ने भएकाले यो नाम राखिएको हो ।
कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार पर्यटकीय शहरमा आतंक सिर्जना गर्ने काम भयो भन्ने गुनासो धेरै आएको र केही त्यस्ता आपराधिक घटनासमेत देखिन थालेपछि कास्कीमा अपरेसन ३६५ चलाइएको हो ।

केही दिनअघि होटल संघलगायत पोखराका पर्यटन व्यवसायीका संस्था र प्रहरीबीच छलफल भएको थियो । छलफलमा व्यवसायीहरूले पर्यटकीय क्षेत्रमा शान्ति सुरक्षाको वातावरण खल्बलिँदै गएको चिन्ता व्यक्त गरेका थिए । उनीहरूले मोटरसाइकल पड्काउँदै हिँड्नेहरूले आतंक नै सिर्जना गरेको भन्दै नियन्त्रणका लागि प्रहरीलाई अनुरोध गरे ।
जेनजी आन्दोलनका क्रममा २४ भदौमा पोखरामा भएका सरकारी तथा निजी सम्पत्तिमाथि तोडफोड तथा लुटपाट र आगजनीमा समेत स्वरूप परिवर्तन गरिएका बुलेट, क्रस फायर, पल्सर, भीआरजस्ता मोटरसाइकल प्रयोग भएका थिए ।
नेतादेखि व्यवसायीसम्मको घर जलाउने, लुटपाट गर्नेदेखि प्रहरीको हतियार खोसेर गायबसमेत भएकाले प्रहरीले यस्ता मोटरसाइकलमाथि निगरानी गरिरहेको थियो ।
नक्कली पेस्तोल देखाउँदै चोरी गर्ने एकजना सोमबार मात्रै पनि पक्राउ परेका थिए । पोखरामा चोरीका घटनामा पनि यस्ता मोटरसाइकल प्रयोग भएको पाइएको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर