पोखरा । कास्की कारागारबाट जेन-जी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये २ सय ७० जना अझै फरार छन् । भदौ २४ गते भागेर फरारमध्ये अधिकांश गम्भिर अपराधमा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका छन् ।
कास्की कारागारमा ७ सय ७३ कैदीबन्दी थिए । तीमध्ये महिला ब्लकमा ३५ र पुरुष ब्लकमा ७ सय ३८ जना रहेका थिए । भागेकामध्ये केही स्वेच्छाले फर्किएका छन् भने केहीलाई प्रहरीले पक्राउ गरेर बुझाएको छ । कारागार प्रमुख राजेन्द्र शर्माका अनुसार ५ सय २१ जना कैदीबन्दी फिर्ता भैसकेका छन् ।बाँकी कैदीबन्दीको खोजी जारी छ ।
फरार रहनेहरुको अब प्रहरीमार्फत खोजी गर्न लागिएको छ । फरार कैदीबन्दीहरूमध्ये अधिकांश जबर्जस्ती करणी, लागुऔषध कारोबार, कर्तव्य ज्यान, चोरी, बैंकिङ कसुर, सवारी दुर्घटनामा ज्यान जाने, सहकारीसम्बन्धी मुद्दा, बालयौन दुराचार, अभद्र व्यवहार र कीर्ते मुद्दामा सजाय काटिरहेका थिए । कारागार कार्यालयले फरारको नामावली सार्वजनिक गरिसकेको र उनीहरूलाई पक्राउ गर्न प्रहरीको विशेष टोली गठन गरिएको छ ।
कारागार कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा धेरै जबर्जस्ती करणी र लागुऔषध तथा चोरी र कर्तव्य ज्यानका कैदीबन्दी फरार भएका छन् । जबर्जस्ती करणीका ८३ जना, हाडनाता करणीका ८ जना फरार छन् । यस्तै, लागुऔषधतर्फका ५१ जना, चोरीका २१ जना, कर्तव्य ज्यानका ९ जना फरार छन् । ज्यान कसुरका छुट्टै ३ जना छन् भने आपराधिक लाभका १ जना र अपहरण तथा शरीर बन्धक गर्ने २ जना पनि अहिले कारागारको सम्पर्कमा छैनन् ।
अभद्र व्यवहार गर्ने ४ जना, सहकारी ठगीका ११ जना, सुनका १ जना, सवारी ज्यानका ५ जना, बैंकिङ कसुरका ६ जना, बहुविवाहका १ जना, चेक अनादरका ५ जना, अप्राकृतिक मैथुनका १ जना, लेनदेनका १ जना, बालबालिकासम्बन्धी कसुरका ३ जना, राष्ट्र बैंक ऐन कसुरका १ जना र कारागार ऐनका १ जना फरार छन् । फरारमध्ये १३ जना विदेशी छन् । अधिकांश लागुऔषध, जबर्जस्ती करणी र मानव बेचविखन मुद्दामा कैद भुक्तान गरिरहेका थिए । ११ जना भारतीय र २ जना चिनियाँ नागरिक समेत कास्की कारागारमा थिए ।
यसैबीच, जेनजी आन्दोलनका क्रममा पोखराको ग्यारजातीस्थित बाल सुधारगृहबाट भागेका १ सय ९ जना बालकहरूमध्ये हालसम्म ९६ जना फर्किएका छन् भने १३ जना अझै फर्किन बाँकी छन् ।
सुधारगृहबाट भागेका ती अधिकांश बालक जबर्जस्ती करणीसम्बन्धी मुद्दामा सुधारगृह पठाइएका थिए ।
फरार भएकाहरुबारे सम्बन्धित स्थानीय तह, प्रहरी चौकी र सर्वसाधारणलाई पनि सूचना दिइएको र सम्पर्कमा नआएकालाई कानूनी प्रक्रियाअनुसार पक्राउ गरी कारागारमा ल्याउने शर्माले सुनाए ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’