पोखरा । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशले कार्तिक मसान्त भित्र सवारी कर, दस्तुर, शुल्क तिरेमा कुनै पनि जरिवाना वा अतिरिक्त शुल्क नलाग्ने बताएको छ ।
मन्त्रालयले असोज २४ गते उक्त निर्र्णय गरी प्रदेश राजपत्रमा उक्त जानकारी समेटेको छ ।
मन्त्रालयका सचिव कमलकुमार अधिकारीले दिएको जानकारी अनुसार राजपत्रमा समेटिएका बुँदा निम्नानुसार छन्ः
१. मिति २०८२ साल भाद्र २३ गते देखि २०८२ साल असोज मसान्तसम्मको अवधिभित्र गण्डकी प्रदेश आर्थिक ऐन, २०८२ को दफा ३ को सवारी कर अन्तर्गत उपदफा (१) बमोजिम लाग्ने वा तिर्नुपर्ने कर, दस्तुर तथा शुल्क तिर्न नपाएका कारण जरिबाना लाग्ने भएमा २०८२ साल कार्तिक मसान्त भित्र तिर्न आएमा कुनै पनि जरिवाना वा अतिरिक्त शुल्क लाग्ने छैन।
२. बुँदा १ मा उल्लिखित छुट सहुलियत वाहेक उक्त अवधिभित्र गण्डकी प्रदेश आर्थिक ऐन, २०८२ बमोजिम लाग्ने सवारी तथा यातायात व्यवस्थापन सम्बन्धी अन्य कुनै कर, दस्तुर र शुल्क तिर्न नपाएका कारण जरिवाना लाग्ने भएमा २०८२ साल कार्तिक मसान्त भित्र तिर्न आएमा कुनै पनि जरिवाना वा अतिरिक्त शुल्क लाग्ने छैन।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो