पोखराका पत्रकार कमल पौडेल अथक शनिबार पोखरामा सम्मानित भएका छन् । स्याङ्जा दरौं पोखरा सम्पर्क समाजद्वारा आयोजित दीपावलीको शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रमको अवसरमा उनी सम्मानित भएका हुन् ।
पोखरामा रहेर विगत दुई दशकदेखि पत्रकारिताको माध्यमबाट समाजमा बिशेष योगदान पुर्याएको भन्दै समाजले उनलाई सम्मान गरेको समाजले जानकारी दिएको छ ।
उनलाई मेजर लक्ष्मीप्रसाद गुरुङ र अध्यक्ष दीपक रोकाहाले खादा, माला र सम्मान पत्र सहित सम्मान गरेका हुन् । पत्रकार अथक रेडियो सराङ्कोटका समाचार प्रमुख तथा समयदृष्टि डटकमका प्रधान सम्पादक हुन्।
सम्मानित भएपछि बोल्दै पत्रकार अथकले समाजले गरेको सम्मानले पत्रकारितामा थप जिम्मेवारी बोध भएको बताए ।
मेजर लक्ष्मीप्रसाद गुरुङले समाजमा अहिले सकारात्मक सोच र चिन्तनको खाँचो भएको बताए । उनले समाजलाई आँखा देखाउने एक पत्रकारलाई सम्मान गरेर समाजले पत्रकारिताको कदर गरेको भन्दै संस्थाको कामको प्रसंशा गरे । सो अवसरमा समाजले अन्य केही कलाकार सम्मान गर्नुको साथै आजिवन सदस्यलाई प्रमाणपत्र बितरण गरेको छ ।
समाजका अध्यक्ष दीपक रोकाहाको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुन चौपारी ६ का वडा अध्यक्ष नारायण ढकाल, कार्यक्रम संयोजक प्रेम रोक्का छेत्री, निवर्तमान अध्यक्ष टेकनाथ पौडेल, सल्लाहकार खेमनारायण अर्याल, स्याङ्जा आरुचौर पोखरा संपर्क समाजका अध्यक्ष अमृत घिमिरे, स्याङ्जा रापाकोट संपर्क समाजका अध्यक्ष महेश्वर रिमाल, समाजका सदस्य गीता पौडेल, अर्जुन चौपारी पोखरा संम्पर्क समाजका बरिस्ठ उपाध्यक्ष गोबिन्द काफ्ले, समाजसेवी रामप्रसाद देवकोटा, समाजका बरिस्ठ उपाध्यक्ष बिजय खड्का र सह कोषध्यक्ष लेखनाथ खनाल लगायतले बोलेका थिए ।
कार्यक्रममा कलाकारहरु ताराबहादुर गुरुङ, भीमसरा घर्ती, रामचन्द्र ढकाल, जगत गुरुङ, लीलाराम पौडेल, दुर्गा खत्री, शिवराम ढकाल र गंगा परियार लगायतले विभिन्न गीत प्रस्तुत गरेका थिए ।
सम्बन्धित खबर
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो