शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको मेगास्टार अनमोल केसीको शीर्ष अभिनय रहेको फिल्म ‘जेरी अन टप’ ले सुखद् व्यापार गरिरहेको छ ।
एड्भेन्चर लभस्टोरी यो फिल्मले रिलिजअघि नै टिजर र ट्रेलरबाट राम्रो हाइप बनाएको थियो। फिल्मको बिहानैदेखिका शोमा दर्शक अकुपेन्सी पनि सुखद् देखिन्छ। जसले बक्स अफिसमा फिल्मले सुखद् ओपनिङ गरेको छ।
फिल्मले दर्शकको साथ पाएपछि अभिनेता अनमोल केसीसहित अभिनेत्रीहरू आँचल शर्मा र जसिता गुरूङ हल हलमा पुगेका छन्। दर्शकहरूले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका छन् । फिल्मको गुणस्तर र त्यसमा पनि खासगरी भीएफएक्सको दर्शकले तारिफ गरेका छन्। कलाकारको अभिनयलाई पनि रूचाएका छन्।

अभिनेता अनमोल केसीले पनि फिल्म ‘जेरी अन टप’ ले राम्रो सुरूआत गरेको बताएका छन्। दर्शक भेट्न सिनेमा हल पुगेका उनले सबैबाट राम्रो प्रतिक्रिया पाएको बताए।
फिल्मका एशोसियट प्रड्युसर विवेक थापाले भने – ‘वर्ड अफ माउथ कस्तो आउँछ भन्ने थियो । जसले फिल्म हेनुभयो। सबैले फिल्म असाध्यै मन पराइदिनुभयो । पक्कै पनि आगामी दिनमा झनै राम्रो साथ पाइनेछ ।’
‘जेरी अन टप’ अन्य नेपाली फिल्मभन्दा तुलनात्मक रूपमा लामो छ। यसको रनटाइम झन्डै ३ घण्टा (२ घण्टा ५४ मिनेट) तोकिएको छ। यो अवधि सामान्यतया नेपाली फिल्मको औसत लम्बाइभन्दा बढी हो। यो अनमोलको फिल्म करिअरकै सबभन्दा लामो फिल्म हो। फिल्म लामो हुँदा पनि यसले राम्रो शो पाएको हो।
सुयोग गुरूङको निर्देशनमा बनेको ‘जेरी अन टप’ ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट पाएको छ। फिल्म हरेक उमेर समूहका दर्शकले हेर्न पाउनेछन्।

फिल्ममा भुवन केसी, केदार घिमिरे, उषा खड्गीलगायत कलाकारहरूको समेत शीर्ष अभिनय छ। सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा फिल्म बनेको हो।
सरोज न्यौपानेको प्रस्तुति रहेको फिल्मको निर्माणमा अनन्या न्यौपानेसँग भविष्य खड्का, रोबिन शेरचन, दीपक भण्डारी, अनिरूद्र गिरी, इश्वर श्रेष्ठ, नविन घिमिरे, विवेक थापा लगायतले लगानीमा सहकार्य गरेका छन्।

सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’