होटल सङ्घ पोखरा नेपालद्वारा तिहारको अवसरमा आयोजना गरिएको महोत्सवमा १२ देशका एक सय जना विदेशी पर्यटकले सहभागी भएको सङ्घले जनाएको छ ।
लेकसाइडस्थित होटल पौवामा आयोजना गरिएको महोत्सवले संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै पोखराको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने लक्ष्य लिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । पछिल्ला राजनीतिक तथा आर्थिक कारणले प्रभावित पर्यटन क्षेत्रलाई पुनः गतिमा फर्काउन महोत्सवले सकारात्मक टेवा पुर्याउने उनले विश्वास व्यक्त गरे ।
बेलायत, अष्ट्रेलिया, नेदरल्याण्ड, अमेरिका, ईजरायल, चीन, भारत, जर्मनी, स्विट्जरल्यान्ड, सुईडेन, स्पेन र न्यूजिल्यान्ड सहित १२ देशका पर्यटकहरूले नेपाली परम्परा अनुसार सप्तरङ्गी टिका लगाएका छन् । कतिपय पर्यटकले विगतका वर्षहरूमा पनि सहभागी भई पुनः टिका लगाउन आएको अनुभव सुनाएका थिए ।
अष्ट्रेलियाकाकी एनीले आफू नेपाल धेरै पटक आएको बताउँदै यस महोत्सवले समेत आफूहरूलाई यो सिजनमा नेपाल भ्रमणमा आउन प्रेरित गरेको सुनाए ।
कार्यक्रममा रेन्बो चिल्ड्रेन होमका बालिकाहरूले विदेशी पाहुनालाई टिका लगाइदिएका थिए भने उनीहरूले भाइटिका पर्वको परम्परा अनुसार पुरुष पर्यटकलाई ढाका टोली र महिलाहरूलाई पछ्यौरा उपहार प्रदान गरिएको थियो । सप्तरङ्गी टिका लगाएका पर्यटकहरू नौलो अनुभव लिन पाएको भन्दै दङ्ग परेका थिए ।
सहभागीहरूलाई तिहारको सांस्कृतिक र धार्मिक महत्त्व झल्काउन तथा बुझाउन दीपावली तथा तिहारका पाँचै दिनका विशेषताबारे जानकारी गराउँदै देउसी भैलो समेत कार्यक्रमसहित आगन्तुक पाहुनालाई नृत्य समेत गराइएको थियो ।
संस्कृति संरक्षणसँगै यसै माध्यमबाट विदेशी पर्यटक आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको यो महोत्सव पोखराको अर्को आकर्षक पर्यटकीय उत्पादनका रूपमा विकसित हुँदै गएको आयोजक सङ्घले जनाएको छ ।















सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
बालाचतुर्दशीमा पशुपतिनाथ तथा शिवालयहरूमा शतबीज छर्नेको घुइँचो
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ मनाइयो
छठ प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्वः प्रदेश प्रमुख भट्ट
आजदेखि छठ पर्वको विधिवत् शुभारम्भ, कुन दिन के गरिन्छ ?
पोखराको भाइटीका महोत्सवमा १२ देशका एक सय पर्यटक सहभागी
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो