होटल सङ्घ पोखरा नेपालद्वारा तिहारको अवसरमा आयोजना गरिएको महोत्सवमा १२ देशका एक सय जना विदेशी पर्यटकले सहभागी भएको सङ्घले जनाएको छ ।
लेकसाइडस्थित होटल पौवामा आयोजना गरिएको महोत्सवले संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै पोखराको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने लक्ष्य लिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । पछिल्ला राजनीतिक तथा आर्थिक कारणले प्रभावित पर्यटन क्षेत्रलाई पुनः गतिमा फर्काउन महोत्सवले सकारात्मक टेवा पुर्याउने उनले विश्वास व्यक्त गरे ।
बेलायत, अष्ट्रेलिया, नेदरल्याण्ड, अमेरिका, ईजरायल, चीन, भारत, जर्मनी, स्विट्जरल्यान्ड, सुईडेन, स्पेन र न्यूजिल्यान्ड सहित १२ देशका पर्यटकहरूले नेपाली परम्परा अनुसार सप्तरङ्गी टिका लगाएका छन् । कतिपय पर्यटकले विगतका वर्षहरूमा पनि सहभागी भई पुनः टिका लगाउन आएको अनुभव सुनाएका थिए ।
अष्ट्रेलियाकाकी एनीले आफू नेपाल धेरै पटक आएको बताउँदै यस महोत्सवले समेत आफूहरूलाई यो सिजनमा नेपाल भ्रमणमा आउन प्रेरित गरेको सुनाए ।
कार्यक्रममा रेन्बो चिल्ड्रेन होमका बालिकाहरूले विदेशी पाहुनालाई टिका लगाइदिएका थिए भने उनीहरूले भाइटिका पर्वको परम्परा अनुसार पुरुष पर्यटकलाई ढाका टोली र महिलाहरूलाई पछ्यौरा उपहार प्रदान गरिएको थियो । सप्तरङ्गी टिका लगाएका पर्यटकहरू नौलो अनुभव लिन पाएको भन्दै दङ्ग परेका थिए ।
सहभागीहरूलाई तिहारको सांस्कृतिक र धार्मिक महत्त्व झल्काउन तथा बुझाउन दीपावली तथा तिहारका पाँचै दिनका विशेषताबारे जानकारी गराउँदै देउसी भैलो समेत कार्यक्रमसहित आगन्तुक पाहुनालाई नृत्य समेत गराइएको थियो ।
संस्कृति संरक्षणसँगै यसै माध्यमबाट विदेशी पर्यटक आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको यो महोत्सव पोखराको अर्को आकर्षक पर्यटकीय उत्पादनका रूपमा विकसित हुँदै गएको आयोजक सङ्घले जनाएको छ ।














सम्बन्धित खबर
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ मनाइयो
छठ प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्वः प्रदेश प्रमुख भट्ट
आजदेखि छठ पर्वको विधिवत् शुभारम्भ, कुन दिन के गरिन्छ ?
पोखराको भाइटीका महोत्सवमा १२ देशका एक सय पर्यटक सहभागी
आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा
आज गोरु, गोवर्द्धन र हली पूजा गरियो
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट