माओवादी–एस एकताको गृहकार्य: माओवाद त्याग्ने तयारी, मार्क्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्त

राजनीति

माओवादी–एस एकताको गृहकार्य: माओवाद त्याग्ने तयारी, मार्क्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्त

Prachanda-and-Madhav-Nepal-1

फाइल तस्वीर

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीचको एकता प्रक्रिया सकारात्मक रूपमा अघि बढेको छ ।

माओवादी र समाजवादीबीच एकताको गृहकार्य सकारात्मक रूपमा अगाडि बढेको र छिट्टै एकता हुने एसका उपाध्यक्ष तथा पार्टी प्रवक्ता प्रकाश ज्वालाको दाबी छ । उनका अनुसार सैद्धान्तिक कुराहरू सबै मिलिसकेको छ । संगठनात्मक कुराहरूका बारेमा छलफल जारी छ । बहुपदमा जाने कि नजाने । संयोजक सहसंयोजक बनाएर जानेकि भन्ने बारेमा छलफल भइरहेको छ । सबै कुरा मिलेपछि एकता हुन्छ ।

एसका सम्मानित नेता झलनाथ खनाल पनि सकारात्मक भएपको नेताहरू बताउँछन् । सम्मानित नेता खनाल र महासचिव घनश्याम भुसाल पार्टी एकताको विपक्षमा नभएर सम्मानजनक र सबै कुरा टुङ्ग्याएर एकता गरौँ भन्ने पक्षमा रहेको बताइन्छ ।

एकता हुँदा मार्क्सवाद र लेनिनवाद मात्र मान्ने गरी सहमति भएको ज्वालाले बताए । माओवादीले मान्दै आएको माओवाद र एसले मान्दै आएको जनताको बहुदलीय जनवाद एकतापछि भने छोड्ने र नेपाली विशेषता अनुसारको समाजवाद मान्ने सहमति भएको नेताहरू बताउँछन् ।

एकतापछि नेकपा राख्ने कि भन्नेमा छलफल भएको ज्वाला बताउँछन् । उनले भने, ‘नेकपा राख्ने कि भन्ने भएको छ । तर अरु नामका बारेमा पनि छलफल जारी रहेको छ । नेकपा समाजवादी, नेपाली कम्युनिस्ट पार्टी आदि । चुनाव चिह्नका बारेमा पनि छलफल भइरहेको छ ।’

जेन–जी प्रर्दशनपछि राजनीति बढी ध्रुवीकरण भइरहेको छ । भदौमा बनेको अन्तरिम सरकारले आउँदो फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेको छ । उक्त निर्वाचनको लागि कार्तिक मसान्तसम्म निर्वाचन आयोगमा दल दर्ता गरिसक्नु पर्नेछ । निर्वाचन आयोगमा दल दर्ता गर्नुभन्दा पहिला नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुने तयारी छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ