एमाले महासचिवको स्टाटसमा गृहमन्त्रीको कमेन्ट – ‘तथ्यहीन कुरा नगर्नुस्’

राजनीति

एमाले महासचिवको स्टाटसमा गृहमन्त्रीको कमेन्ट – ‘तथ्यहीन कुरा नगर्नुस्’

shankar om

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल र गृहमन्त्री ओम प्रकाश अर्यालबिच सामाजिक सञ्जाल फेसबुकमा चर्काचर्की परेको छ ।

महासचिव पोखरेलले जेनजी आन्दोलनको घटना दोषीमाथि कारबाही गर्न प्रहरीलाई गृहमन्त्रीले रोकेको आरोप लगाएपछि गृहमन्त्री अर्यालले तथ्यहीन कुरा नगर्न र जिम्मेवार बन्न पोखरेललाई सचेत गराएका छन् ।

महासचिव पोखरेलले आफ्नो फेसबुक स्ट्याटसमा ‘२३ र २४ गतेका हिंसा, तोडफोड, आगजनी र लुटपाटका घटनालाई सामान्यीकरण गर्ने प्रयास गलत हो’ भन्दै दोषी जोसुकै भए पनि कानुन अनुसार कारबाही हुनुपर्नेमा जोड दिएका थिए ।

उनले थप लेखेका थिए, ’विध्वंस र लुटपाटमा संलग्नलाई नेपाल प्रहरीले कारबाही गर्न खोज्दा गृहमन्त्रीलाई प्रयोग गरेर रोक्न लगाउने बालेनजीले राजनीतिक दलहरूलाई दोषारोपण गरेर पानीमाथिको ओभानो’ बन्न खोज्नु हास्यास्पद छ।’ पोखरेलले नेपाल प्रहरीलाई स्वतन्त्र ढङ्गले अनुसन्धान र अभियोजन गर्न दिनुपर्ने बताउँदै नेकपा (एमाले)को पूर्ण सहयोग रहने बताएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ