छठ पर्व आजदेखि विधिवत् रूपमा शुभारम्भ भएको छ । सत्य, अहिंसा, आरोग्य र समृद्धिको रूपमा मनाइने चार दिने छठ नेपालका विभिन्न भागमा विधिपूर्वक मनाइने गरिन्छ ।
छठको पहिलो दिन आज व्रतालु (उपासक) हरूले (नहा खा) नुहाएर खाने विधि पूरा गरी छठ पर्वको शुभारम्भ गर्ने गर्दछन् ।
City Express Dashain Tihar
DishHome
Nabil Bank
छठ पूजाको दोस्रो दिन भोलि खर्ना मनाइन्छ । जसअन्तर्गत व्रतालुहरूले दिनभरि उपवास बसेर राति खीर, पुरी लगायतका वस्तुहरू गृह देवता र सूर्य देवतालाई चढाई अरबा अरबाइन अर्थात् बिना नुनको खानेकुराहरू खाने गर्दछन् ।
त्यस्तै, यस पर्वको तेस्रो दिन व्रतालुहरूले दिनभरि आ–आफ्ना घरमा नानाथरीका पकवान बनाएर, केरा, स्याउ, उखुसहित विभिन्न प्रकारका माटाका भाँडामा राखेर साँझपख नदी तलाउमा गई अस्ताउँदो सूर्यलाई अर्घ दिने गर्दछन् ।
Ncell
त्यस दिन रातभरि नदी, तलाउ तथा पोखरीको डिलमा जाग्राम बसेर त्यसको भोलिपल्ट बिहान पुनः उदाउँदो सूर्यलाई ती सबै खाद्य वस्तुले अर्घ दिँदै छठ पर्वको समापन गर्ने गरिन्छ ।
छठ मनाउन आज व्रतालुहरू नजिकको नदी, तलाउ र पोखरीमा छठ पूजाका लागि घाट अर्थात (पूजा गर्ने स्थान) बनाइरहेका छन् भने कतिपय ठाउँमा केराको थाम र लाखौँ रुपैयाँको पन्डाल तथा रङ्गीचङ्गी बत्तीहरूले सजाउने कार्य गरिरहेका छन् ।
छठ नेपाल र भारतका उत्तरीय क्षेत्रमा हिन्दुहरूले मनाउने एक महत्त्वपूर्ण पर्व हो । पण्डीत इन्द्रकान्त झाका अनुसार यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ ।
पहिले नेपालको विशेष रूपले तराई (मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाउँदै आएकोमा अहिले संघीय राजधानी काठमाडौंसहित पहाडी समुदाय र मुश्लिक धर्माम्बलम्बीहरुले समेत मनाउन थालेको हुँदा यसको महत्व दिन प्रति दिन बढ्दो छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
क्षीरेश्वरनाथ नगरपालिका-५ की नमित उप्रेतीले भाकल पूरा भएपछि पछिल्लो चार वर्षदेखि छठ मनाउन थालेको बताइन् । उनले छठको लागि सबै पूजाका सामग्री किनमेल हिजो नै बजार गएर गरेको बताइन् ।
छठको कुन दिन के गरिन्छ ?
नहान खान (नहाए खाए)
पहिलो दिन – कार्तिक शुक्ल चतुदर्शी
कार्तिक शुक्ल चर्तुदशीका दिनदेखि छठ आरम्भ हुन्छ । दशैं र तिहार लगतै सुरु हुने छठ नितान्त सूर्यको उपासना गरी मनाइन्छ ।
छठको सुरुवात मानिने यस दिनलाई व्रतालुहरू नहान खान (नहाए खाए) भन्दछन् । बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाइ-धुवाइ गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् ।
भनिन्छ – यस दिन व्रतालुहरूले प्रण गर्दछन्- म अव जथाभावी खाँदिन र तन मनले प्रभुको शरणमा बस्नेछु ।
खर्ना
दोस्रो दिन-कार्तिक शुक्ल पञ्चमी
छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । यस दिनमा नुहाएर चोखो भई साँझपख व्रतालुहरूले सखरको खीर लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् ।
यस दिन एक छाक मात्र भोजन गर्नुको कारण भने छठको दिन अर्थात् अघिल्लो दिनमा दिनभरि पानीसमेत नपिई निराहार व्रतको पूर्वाभ्यास हो ।
तेस्रो दिन – कार्तिक शुक्ल षष्ठी
छठको तेस्रो दिन अर्थात् छठ पर्व । यस दिनमा व्रतालुहरू पानीसमेत नपिई निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् ।
छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाइ सूर्य देवतालाई चढाउँदछन् । अर्घका लागि केही व्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउँन्जेलसम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् ।
यस दिन रातभर भजन किर्तन र नाचगान हुने गर्दछ । घाटलाई बेहुलीझैँ सिंगारिएकॊ हुन्छ ।
पारण
चौथो दिन – कार्तिक शुक्ल सप्तमी
रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । बिहानीमा सूर्यको न्यानो किरणसँगै व्रतालुहरूले अञ्जुलीमा पानी भरि जल चढाउँछन् र पालैपालो ठकुवा भुसुवा फलफुल र मिठाइजस्ता प्रसादहरू अर्पण गर्दछन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी व्रत समापन गरिन्छ ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’