काठमाडौँ – विद्वत वर्गबाट आगामी फागनु २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन सारेर २०८३ जेठ महिनाको पहिलो हप्तामा गर्नुपर्ने सुझाव आएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको वृहत् राजनीतिक संवादमा काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागका प्रमुख प्रा.डा. निर्मलमणि अधिकारीले २०८२ फागुनमै चुनाव गर्नु उपयुक्त नभएको बताएका हुन्। उनले चुनाव सार्नका लागि राष्ट्रिय सहमति जुटाउनुपर्ने बताएका छन्।
उनले भने- ‘चुनाव हुनुपर्छ तर चुनाव मात्रै ‘एक मात्र विकल्प’ होइन। चुनाव हुनुभन्दा पहिल्यै समाधान गर्नुपर्ने धेरैवटा मुद्दाहरू छन्। समस्या समाधान सहित चुनाव गर्ने हो, फगत् चुनावका लागि चुनाव मात्रै गर्ने होइन। चुनाव केही समय सारेर गर्दा पनि हुन्छ।’
उनले २०८३ महिनाको जेठमा चुनाव गर्न सुझाव दिएका छन्।
उनले कार्यक्रममा भने- ‘चुनाव सार्नुपर्ने कारणहरुमा अधिकारीले जेनजीका कतिपय अपरिहार्य माग चुनावभन्दा पहिले सम्बोधन गरिनुपर्ने खालका रहेको र त्यसका लागि पर्याप्त समय चाहिने, चुनावको तयारी नपुगेको, फागुनमा हिमाली क्षेत्रमा मौसम प्रतिकूल हुने र चुनाव अगावै हुनुपर्ने पार्टीहरूका महाधिवेशनका लागि पनि समय चाहिएको छ।’
त्यस्तै, सुरक्षा निकायको मनोबल स्थापित हुनका लागि पनि केही समय दिनुपर्ने उनको तर्क छ।
सम्बन्धित खबर
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
प्रत्येक वर्ष भदौ २३ गते ‘जेन-जी सहिद दिवस’ मनाउने सरकारको निर्णय
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’