अदालतले गरेको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरीले स्याङ्जामा विभिन्न मुद्दामा फरार रहेका ६ जना दोषीलाई पक्राउ गरेको छ ।
सुरक्षित र न्यायपूर्ण समाज निर्माणका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जा, प्रहरी चौकी दहथुम, फेदीखोला र अस्थायी प्रहरी चौकी पौवेगौंडेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार पक्राउ गरी जिल्ला अदालत स्याङ्जामा उपस्थित गराएको स्याङ्जा प्रहरीका सूचना अधिकारी डिएसपी प्रसन्न राज चौधरीले जानकारी दिए ।
डिएसपी चौधरीका अनुसार पक्राउ परेकामध्ये डाँका, चोरी, बैकिङ्ग कसूर तथा पशुपंक्षी सम्बन्धी मुद्दामा सजाय पाएका व्यक्तिहरू छन् । अदालतले तोकेको कैद भुक्तान तथा जरिवाना तिर्न बाँकी रहेका उनीहरू फरार रहेका थिए ।
पक्राउ परेकाहरूमध्ये डाँका मुद्दामा साविक सिर्दिकोट गाविस -६ छापा हाल वालिङ नगरपालिका –१२ का डिलबहादुर गुरुङलाई ६ वर्ष कैदका साथै २५ हजार पाँच सय ७५ रुपैयाँ जरिवाना र साविक आरुखर्क गाविस -८ हाल फेदीखोला गाउँपालिका –४ का हर्क बहादुर गुरुङलाई १ महिना कैद र १० हजार तीन सय १० रुपैयाँ जरिवाना तोकिएको थियो ।
यस्तै, चोरी मुद्दामा साविक नुवाकोट -४ हाल पुतलीबजार नगरपालिका -५ का जित बहादुर कार्की र सेती क्षेत्रीनीलाई जनही एक हजार छ सय पाँच रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, स्याङ्जा गल्याङ नगरपालिका -५ घर भई हाल कास्की पोखरा महानगरपालिका -१३ मियापाटन बस्ने शान्ति गुरुङलाई बैंकिङ कसूरमा ३ दिन कैदका साथै पाँच लाख रुपैयाँ जरिवाना र पशुपंक्षी सम्बन्धी कसूरमा पुतलीबजार नगरपालिका –१२ का टेक भन्ने डम्बर बहादुर गुरुङलाई ११ महिना ५ दिन कैद तोकिएको फरार रहेका थिए ।
अदालतका फैसला कार्यान्वयनमा निरन्तरता रहने र फरार रहेका अन्य व्यक्तिहरूलाई पनि पक्राउ अभियान जारी रहने प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस