पोखरा । जेन–जी आन्दोलनको मौका छोपेर पोखरामा ट्राफिक प्रहरी कार्यालयबाट मोटरसाइकल चोरी गर्ने युवक पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय बैदाम, कास्कीको टोलीले पोखरा महानगरपालिका–१७ दोबिल्ला बस्ने २४ वर्षीय सुवास तामाङलाई पक्राउ गरेको हो ।
उनले पोखराको नयाँबजारस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा कारबाहीका लागि राखिएको ग १६ प १४५५ नम्बरको कालो रंगको एक्स–पल्स मोटरसाइकल भदौ २४ मा चोरी गरेका थिए । चोरीको मोटरसाइकल चलाइरहेको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसै गरी प्रहरीले ३ वटा स्कुटर चोरीमा संलग्न अन्य ५ जनालाई पनि पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवा कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
चोरी भएका ग ९ प ८७६१ र ग १५ प ५२३७ र ग ४ प ७६८४ नम्बरका स्कुटरसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताए ।
पोखरा–३३ बस्ने २१ वर्षीय शेरबहादुर पुन मगर, पोखरा–५ बस्ने २५ वर्षीय अजय नेपाली, पोखरा–१० बस्ने २१ वर्षीय सुशील गुरुङ, पोखरा–११ बस्ने २० वर्षीय सुदीप परियार र पोखरा–१३ बस्ने २७ वर्षीय रोशन परियार पक्राउ परेका हुन् ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’