पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले २०८२ भदौ २३/२४ गते Gen-Z आन्दोलनको मौका छोपी कास्कीका एक व्यवसायीको पसलमा तोडफोड, लुटपाट र आगजनी गरी सम्पत्ति नष्ट गर्ने कार्यमा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारेको छ। प्रहरीले उक्त घटनामा संलग्न केही व्यक्तिहरूलाई पक्राउ गरिसकेको भए पनि अन्यको पहिचानका लागि सार्वजनिक रूपमा सहयोगको अपिल गरेको छ।
प्रहरीले घटनाको भिडियो फुटेज सार्वजनिक गर्दै आपराधिक कार्यमा संलग्न देखिएका व्यक्तिहरूको पहिचानमा सहयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको हो। सार्वजनिक गरिएको भिडियोमा देखिएका व्यक्तिहरूलाई कसैले चिनेमा उनीहरूको विवरण उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले जारी गरेको सूचनामा भनिएको छ, “आदरणीय महानुभावहरू, यो भिडियो मिति २०८२ साल भाद्र २३/२४ गते Gen-Z को आन्दोलनको मौका छोपी कास्कीका एक व्यवसायीको व्यवसायमा तोडफोड, लुटपाट र आगजनी गरी सम्पत्ति नष्ट गर्ने आपराधिक कार्यमा संलग्न रहेको भिडियो हो।”
प्रहरीका अनुसार यस आपराधिक कार्यविरुद्ध मुद्दा दर्ता भई अनुसन्धान प्रक्रिया सुरु भइसकेको छ। अनुसन्धानका क्रममा केही व्यक्तिहरू पक्राउ परिसकेका छन् भने अन्यको खोजी कार्य जारी छ।
पहिचानमा सहयोग गर्न प्रहरीको आग्रह:
प्रहरीले भिडियोमा देखिएका व्यक्तिहरूमध्ये कोही कसैलाई पहिचान गर्न सक्ने व्यक्तिहरूलाई स्क्रिनसट गरी घेरा लगाई, सम्बन्धित व्यक्तिको नामथर, ठेगाना, सम्पर्क नम्बर, फेसबुक आईडी, टिकटक आईडी, पेशा, रहन वा बस्न सक्ने सम्भावित स्थान (खुल्न सकेसम्मको विवरण) लेखेर निम्न इमेल आईडी वा WhatsApp नम्बरमा पठाई अनुसन्धानमा सहयोग गरिदिन अनुरोध गरेको छ। सूचनादाताको विवरण गोप्य राखिने प्रहरीले जनाएको छ।
इमेल आईडी: [email protected]
WhatsApp: 9856078333
प्रहरीले आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनको दायरामा ल्याउन सबैको साथ र सहयोग महत्वपूर्ण हुने बताएको छ।

सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो