जेन-जी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेको खोजी तीव्र, सहयोगका लागि कास्की प्रहरीको अपिल

जेन-जी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेको खोजी तीव्र, सहयोगका लागि कास्की प्रहरीको अपिल

DPO Kaski

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले २०८२ भदौ २३/२४ गते Gen-Z आन्दोलनको मौका छोपी कास्कीका एक व्यवसायीको पसलमा तोडफोड, लुटपाट र आगजनी गरी सम्पत्ति नष्ट गर्ने कार्यमा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारेको छ। प्रहरीले उक्त घटनामा संलग्न केही व्यक्तिहरूलाई पक्राउ गरिसकेको भए पनि अन्यको पहिचानका लागि सार्वजनिक रूपमा सहयोगको अपिल गरेको छ।

प्रहरीले घटनाको भिडियो फुटेज सार्वजनिक गर्दै आपराधिक कार्यमा संलग्न देखिएका व्यक्तिहरूको पहिचानमा सहयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको हो। सार्वजनिक गरिएको भिडियोमा देखिएका व्यक्तिहरूलाई कसैले चिनेमा उनीहरूको विवरण उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले जारी गरेको सूचनामा भनिएको छ, “आदरणीय महानुभावहरू, यो भिडियो मिति २०८२ साल भाद्र २३/२४ गते Gen-Z को आन्दोलनको मौका छोपी कास्कीका एक व्यवसायीको व्यवसायमा तोडफोड, लुटपाट र आगजनी गरी सम्पत्ति नष्ट गर्ने आपराधिक कार्यमा संलग्न रहेको भिडियो हो।”

प्रहरीका अनुसार यस आपराधिक कार्यविरुद्ध मुद्दा दर्ता भई अनुसन्धान प्रक्रिया सुरु भइसकेको छ। अनुसन्धानका क्रममा केही व्यक्तिहरू पक्राउ परिसकेका छन् भने अन्यको खोजी कार्य जारी छ।

पहिचानमा सहयोग गर्न प्रहरीको आग्रह:

प्रहरीले भिडियोमा देखिएका व्यक्तिहरूमध्ये कोही कसैलाई पहिचान गर्न सक्ने व्यक्तिहरूलाई स्क्रिनसट गरी घेरा लगाई, सम्बन्धित व्यक्तिको नामथर, ठेगाना, सम्पर्क नम्बर, फेसबुक आईडी, टिकटक आईडी, पेशा, रहन वा बस्न सक्ने सम्भावित स्थान (खुल्न सकेसम्मको विवरण) लेखेर निम्न इमेल आईडी वा WhatsApp नम्बरमा पठाई अनुसन्धानमा सहयोग गरिदिन अनुरोध गरेको छ। सूचनादाताको विवरण गोप्य राखिने प्रहरीले जनाएको छ।
इमेल आईडी: [email protected]

WhatsApp: 9856078333

प्रहरीले आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनको दायरामा ल्याउन सबैको साथ र सहयोग महत्वपूर्ण हुने बताएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ