कम्युनिष्ट नेता भीम रावल र उनी नेतृत्वको मातृभूमि जागरण अभियान, नेपाल नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ।
काठमाडौंको पेरिसडाँडामा बुधबार एक कार्यक्रम गरी मातृभूमि जागरण अभियान नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको हो। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित १० दलबीच एकीकरण भएको एकसाता पछि रावल पनि नेपाली कम्युनिष्ट दलमा प्रवेश गरेका हुन् । नयाँ दलको संयोजकमा पुष्पकमल दाहाल, सहसंयोजकमा माधवकुमार नेपाल, तेस्रो वरीयातामा झलनाथ खनाल, चौथो वरीयातामा बामदेव गौतम रहेका छन् ।
माओवादीकै नारायणकाजी श्रेष्ठलगायत, एकीकृत समाजवादीका नेताहरुको समेत वरीयाता र जिम्मेवारी निर्धारण नभएको अवस्थामा रावल पनि बिना वरीयाता र जिम्मेवारी नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका हुन् ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहाल, सहसंयोजक नेपाल र रावलले हस्ताक्षर गरेको ७ बुँदे सहमतिपत्रको चौथो नम्बरमा भनिएको छ, ‘नेपाली कम्युनिष्ट पार्टीमा भातृभूमी जागरण अभियान, नेपालका संयोजक डा.भीम रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिबाट टुंगो लगाउने ।’
दुई समूहबीच भएको सहमतिपत्रमा आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने, पार्टीको विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रम लगायतका दस्तावेजहरु आपसमा मिलेर तयार गर्ने लगायत बुँदा समेटिएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध बिग्रिएपछि नेकपा एमालेले नेता रावललाई गत वर्षको पुस १० गते साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको थियो । सोपछि उनले मातृभूमी जागरण अभियान, नेपाल चलाएका थिए । आफूलाई नेकपा (एमाले) कै कार्यकर्ता भएको बताउँदै आएका उनी एमालेले निस्कासन गरेको दश महिनापछि नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् । यद्यपि उक्त दलले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन भने दिएको छैन ।
सम्बन्धित खबर
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
प्रत्येक वर्ष भदौ २३ गते ‘जेन-जी सहिद दिवस’ मनाउने सरकारको निर्णय
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’