पोखरा, ३० कार्तिक । कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान) महासंघ, कास्की शाखाको १८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी टेक्निकल एजुकेशन एण्ड भोकेशनल ट्रेनिङ एकेडेमीका कार्यकारी निर्देशक डा. सोमनाथ शर्माले संस्थाले प्रविधि क्षेत्रमा गर्दै आएका कार्यक्रमहरू तथा भावी योजनाबारे धारणा व्यक्त गरेका थिए ।
उनले २१औँ शताब्दीमा कम्प्युटर चलाउन मात्र होइन, कसरी सुरक्षित रूपमा चलाउने भन्ने कुरा आजको सबैभन्दा महत्वपूर्ण विषय रहेको उल्लेख गरे ।
संस्थाका अध्यक्ष पुरुषोत्तम कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की, संस्थाका पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य चिन्तामणि बास्तोला, केन्द्रीय प्रतिनिधि एसमिन भट्टराई, क्यान गण्डकी अध्यक्ष गुणानिधि पाण्डे, पूर्व अध्यक्षहरू इविन्द्रराज तिवारी र युवराज पौडेल, आइसीटी सहकारी अध्यक्ष सवि शेरचन, पोखरा उद्योग वाणिज्य सङ्घका उपमहासचिव सुदीप प्रधानाङ्ग, केन्द्रीय सदस्य खड्कबहादुर गुरुङ, निवर्तमान अध्यक्ष दुधमान गुरुङलगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

साधारण सभाले सचिव, कोषाध्यक्ष तथा लेखा समितिको प्रतिवेदन छलफलसहित पारित गरेको छ। साथै, अध्यक्षद्वारा प्रस्तुत भावी कार्यक्रम–योजनालाई पनि अनुमोदन गरिएको छ ।
क्यान महासंघ कास्कीले हरेक वर्ष सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेकको आयोजन गर्दै आएको छ। यससँगै बी टु बी बिजनेश समिट, सूचना प्रविधि सम्बन्धी तालिम, बहस, अन्तरक्रिया, प्रतियोगितासहितका विविध गतिविधि सञ्चालन गर्दै आएको छ ।
क्यान महासंघ कास्की विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरूमा पनि समान रूपमा सक्रिय छ । निःशुल्क कम्प्युटर शिक्षा, विभिन्न संस्था तथा विद्यालयहरूलाई कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण जस्ता कार्य निरन्तर रूपमा गर्दै आएको छ । यस वर्षको क्यान इन्फोटेक पोखरा उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा मंसिर १७ देखि २१ गतेसम्म आयोजना हुने संस्थाका अध्यक्ष कुँवरले जानकारी दिए ।

सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह