काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मनोनयन प्रक्रिया आगामी मंसिर २१ गतेदेखि औपचारिक रूपमा सुरु हुने भएको छ ।
निर्वाचन आयोगले कात्तिक ३० गते बसेको बैठकबाट प्रत्यक्ष र समानुपातिक दुवैतर्फका निर्वाचन कार्यक्रम स्वीकृत गर्दै विस्तृत तालिका सार्वजनिक गरेको हो ।
निर्वाचन आयोगबाट प्रकाशित कार्यक्रमअनुसार, समानुपातिकतर्फ चुनावमा सहभागी हुन चाहने राजनीतिक दलले मंसिर २१, २२ र २३ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म निवेदन दर्ता गर्नुपर्नेछ ।
दर्ता भएका दलको प्रारम्भिक नामावली मंसिर २४ गते सार्वजनिक गरिने आयोगका सहसचिव तथा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार राजनीतिक दलले उम्मेदवारको बन्दसूची पौष १३ र १४ गते बिहान १० देखि अपराह्न ४ सम्म पेश गर्नुपर्नेछ ।
आयोगले दर्ता तथा छानबिन प्रक्रियापछि माघ २० गते बिहान १० देखि साँझ ५ बजेसम्म समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक गर्नेछ ।
समानुपातिक प्रणालीतर्फको मनोनयन तालिका सार्वजनिक भएपछि राजनीतिक दल आन्तरिक रूपमा उम्मेदवार छनोट, प्रदेशगत प्रतिनिधित्व, समावेशी कोटा तथा वैधानिक अनिवार्यतासहितको बन्दसूची मिलानमा सक्रिय हुने अनुमान गरिएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म देशभर मतदान हुने कार्यक्रम स्वीकृत गरिएको छ ।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह