एमाले संसद पुन:स्थापनापछि केपी ओली प्रधानमन्त्री नहुने ग्यारेन्टी दिन तयार छ: खगराज अधिकारी

राजनीति

एमाले संसद पुन:स्थापनापछि केपी ओली प्रधानमन्त्री नहुने ग्यारेन्टी दिन तयार छ: खगराज अधिकारी

khagaraj adhikari

जनकपुरधाम । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले प्रतिनिधिसभा पुन:स्थापनापछि अध्यक्ष केपी ओली प्रधानमन्त्री नबन्ने ग्यारेण्टी दिन एमाले तयार रहेको बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग उनले भने ‘प्रतिनिधिसभा पुन:स्थापनापछि हाम्रो अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नबन्ने ग्यारेण्टी दिन एमाले तयार छ, तर निर्वाचनका लागि निष्पक्ष सरकार बन्नु आवश्यक छ ।’

प्रतिनिधिसभा पुन:स्थापना गरेर संविधान संशोधन गरी प्रतिनिधिसभामा प्रतिनिधित्व नगरेको व्यक्ति पनि छोटो समयका लागि प्रधानमन्त्री बन्न सक्ने प्रावधान ल्याएर निष्पक्ष सरकार निर्माण अहिलेको आवश्यक्ता रहेको उनको तर्क छ ।

सुशीला सरकारले चुनाव गराउने विषयमा विश्वास गर्ने कुनै सम्भावना नरहेको उनले बताए । जेन-जी आन्दोलनको क्रममा अपराधीहरू जेलबाट फरार भएको र हतियारहरू लुटिएकाले अहिले पनि भय र त्रास रहेको अधिकारीले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ