स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले चार दिनसम्म विद्यालय–विद्यालयमै आयोजना गरेको निःशुल्क आँखा जाँच शिविरमा दुई हजार बढी विद्यार्थी लाभान्वित भएका छन् ।
वडागत रूपमा सञ्चालन गरिएको उक्त शिविरमा कुल २ हजार २५९ जनाले सेवा लिएका छन् भने २१७ जनामा थप उपचार आवश्यक देखिएपछि रेफर गरिएको छ ।
पहिलो दिन वडा नं. १ का विद्यालयहरूमा सुरु भएको शिविरमा ७४३ जनाको आँखा परीक्षण गरिँदा १०१ जना विद्यार्थीलाई रेफर गरिएको थियो । दोस्रो दिन वडा १, २ र ३ का विद्यालयमा परीक्षण हुँदा ५६१ जनाको परीक्षण गर्दा ४७ जनालाई थप उपचारका लागि रेफर गरिएको थियो ।
यस्तै, तेस्रो दिन वडा नं. ५ का विद्यालयमा जाँच गरिएको थियो, जहाँ ४२६ जनाले परीक्षण गर्दा ३४ जनामा समस्या भेटिएको थियो । चौथो दिन वडा ४ र ६ का विद्यालयमा परीक्षण हुँदा ५२९ जनाले सेवा लिएका थिए भने ३५ जनालाई रेफर गरिएको थियो ।
विद्यालयमै गएर स्वास्थ्य सेवा पुर्याउनु गाउँपालिकाको प्राथमिकतामा रहेको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए । विद्यार्थीको दृष्टि समस्याले पढाइ र विकास दुवैमा प्रभाव पार्ने बताउँदै तिवारीले यस्तो लक्ष्यित स्वास्थ्य सेवा गाउँघरमै पुर्याइरहेको बताए । उनले रेफर भएका बालबालिकालाई पनि सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराइने बताए ।
उनले स्थानीय विद्यालय, अभिभावक र स्वास्थ्यकर्मीको सहकार्यका कारण अभियान प्रभावकारी बनेको उल्लेख गर्दै पालिकाले सुरु गरेको ‘स्वस्थ आँखाबाट उज्यालो भविष्य’ अभियानलाई निरन्तरता दिने बताए ।
परीक्षणबाट रेफर गरिएका विद्यार्थीहरूको पहिलो चरणको उपचार गाउँपालिका भवनमै रहेको आँखा उपचार केन्द्रमार्फत गरिने प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले जानकारी दिए । यहाँसमेत समाधान नहुने अवस्थामा हिमालयन आँखा अस्पताल पोखरामा निःशुल्क उपचारका लागि पठाइने अर्यालले बताए ।
सम्बन्धित खबर
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस