चारदिने आँखा जाँच शिविरमा २ हजार बढी विद्यार्थी लाभान्वित

चारदिने आँखा जाँच शिविरमा २ हजार बढी विद्यार्थी लाभान्वित

aankha-janch-shiwir-arjp-stds

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले चार दिनसम्म विद्यालय–विद्यालयमै आयोजना गरेको निःशुल्क आँखा जाँच शिविरमा दुई हजार बढी विद्यार्थी लाभान्वित भएका छन् ।

वडागत रूपमा सञ्चालन गरिएको उक्त शिविरमा कुल २ हजार २५९ जनाले सेवा लिएका छन् भने २१७ जनामा थप उपचार आवश्यक देखिएपछि रेफर गरिएको छ ।

पहिलो दिन वडा नं. १ का विद्यालयहरूमा सुरु भएको शिविरमा ७४३ जनाको आँखा परीक्षण गरिँदा १०१ जना विद्यार्थीलाई रेफर गरिएको थियो । दोस्रो दिन वडा १, २ र ३ का विद्यालयमा परीक्षण हुँदा ५६१ जनाको परीक्षण गर्दा ४७ जनालाई थप उपचारका लागि रेफर गरिएको थियो ।

यस्तै, तेस्रो दिन वडा नं. ५ का विद्यालयमा जाँच गरिएको थियो, जहाँ ४२६ जनाले परीक्षण गर्दा ३४ जनामा समस्या भेटिएको थियो । चौथो दिन वडा ४ र ६ का विद्यालयमा परीक्षण हुँदा ५२९ जनाले सेवा लिएका थिए भने ३५ जनालाई रेफर गरिएको थियो ।

विद्यालयमै गएर स्वास्थ्य सेवा पुर्‍याउनु गाउँपालिकाको प्राथमिकतामा रहेको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए । विद्यार्थीको दृष्टि समस्याले पढाइ र विकास दुवैमा प्रभाव पार्ने बताउँदै तिवारीले यस्तो लक्ष्यित स्वास्थ्य सेवा गाउँघरमै पुर्‍याइरहेको बताए । उनले रेफर भएका बालबालिकालाई पनि सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराइने बताए ।

उनले स्थानीय विद्यालय, अभिभावक र स्वास्थ्यकर्मीको सहकार्यका कारण अभियान प्रभावकारी बनेको उल्लेख गर्दै पालिकाले सुरु गरेको ‘स्वस्थ आँखाबाट उज्यालो भविष्य’ अभियानलाई निरन्तरता दिने बताए ।

परीक्षणबाट रेफर गरिएका विद्यार्थीहरूको पहिलो चरणको उपचार गाउँपालिका भवनमै रहेको आँखा उपचार केन्द्रमार्फत गरिने प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले जानकारी दिए । यहाँसमेत समाधान नहुने अवस्थामा हिमालयन आँखा अस्पताल पोखरामा निःशुल्क उपचारका लागि पठाइने अर्यालले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ