प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय तथा विज्ञ समूहको आकार घटाएकी छन् । अहिले सचिवालयमा २० जना कार्यरत रहेकोमा १४ जनालाई हटाएर ६ जनालाई मात्रै राख्ने निर्णय भएको छ ।
प्रधानमन्त्री सचिवालयमा अब एक जना मुख्य सल्लाहकार, एक जना जनसम्पर्क सल्लाहकार, एक जना प्रमुख स्वकीय सचिव, एक जना प्रेस संयोजक, एक जना फोटोग्राफर र एक जना जनस्वास्थ्य विज्ञ गरी ६ जना मात्र रहनेछन् ।
यद्यपि, प्रधानमन्त्री कार्कीले विवादित प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई भने हटाएकी छैनन् । पहुँचको दुरुपयोग गरी श्रीमतीलाई सचिवालयमा जागिर लगाएको भन्दै उनको आलोचना भइरहेको थियो । योसँगै प्रधानमन्त्री कार्की विवादमा तानिएकी थिइन् ।
जेन–जीले समेत श्रेष्ठलाई हटाउन प्रधानमन्त्रीलाई दबाब दिएका थिए । तर, प्रधानमन्त्री कार्कीले भने जेन–जीको मागमा सही थाप्ने सचिवालयका कर्मचारीलाई हटाएर श्रेष्ठलाई भने कायमै राखेकी हुन् । ज–जसले प्रमुख स्वकिय सचिव श्रेष्ठलाई हटाउनुपर्छ भनेर भने, उनीहरू नै हटाइएको बताइन्छ ।
व्यापक आलोचनापछि श्रेष्ठकी श्रीमती संगीतालाई भने प्रधानमन्त्रीले हटाएकी छन् । श्रेष्ठसहित, कमला श्रेष्ठ, रमेशराज दाहाल, अर्जित खड्का, आकृति घिमिरे, सृष्ट ढुंगेल, पुनम श्रेष्ठ, जुनु कार्की, एन्जिला कायस्थ, रविना श्रेष्ठ, हरिबाबु श्रेष्ठ, मिरा अधिकारी, प्रदिप ज्ञवाली र अरुण कटुवाललाई सचिवालयबाट हटाइएको हो ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’